एनआरएनए उपाध्यक्ष श्रेष्ठद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं, गैर आवासीय नेपाली संघ एनआरएनए
को आगामी कार्यकालको नेतृत्वको लागि उपाध्यक्ष महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्दैछन । श्रेष्ठले शुक्रबार ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा दिनको ३ बजे पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गर्न लागेका हुन । सोही अवसरमा श्रेष्ठले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनीक गर्ने जनाएका छन । संघको आसन्न ११ औ महाधिवेशन १७(२० अक्टोबरमा हुँदैछ । उपाध्यक्ष श्रेष्ठले ११ औं महाधिवेशनमा संघलाई एकताबद्ध गरि नयाँ योजना र नयाँ कार्यक्रमसहित उम्मेदवारी घोषणा गर्ने बताए । उनले विश्वभरिका गैर आवासीय नेपालीहरुमा जुम मार्फत पत्रकार सम्मेलनमा जोडिन पनि आह्वान गरेका छन । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आएका श्रेष्ठ आइसिसी सदस्य, कोषाध्यक्ष हुंदै हाल एनआरएनए उपाध्यक्ष रहेका छन । गैर आवासीय नेपाली समुदायमाझ इमानदार र स्वच्छ छवीको रुपमा चिनीने श्रेष्ठले विशेष गरि गैर आवासीय नेपाली संघले उठाउँदै आएका समस्याहरुलाई कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएका थिए ।
उक्त घोषणा सभामा प्रत्यक्ष सहभागिताको लागी विश्वका विभिन्न देशबाट उक्त प्यानलका उम्मेदवार र शुभेच्छुकहरु उपस्थित हुदैछन ।
एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । हालसम्म उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी,हेमराज शर्मा रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसी,रामशरण सिम्खडा,रोविन शेरचन,हिमाल गुरुङलगाएतले उम्मेदवारी सार्वजनिक गरेका छन । युवा उपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन भने महिला उपाध्यक्षमा यास्मीन बेगम सैयदले उम्मेदवारी दिएकी छन । यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिएका छन ।
सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल,स्वतन्त्र बिक्रम शाह,कृष्णजिवी पन्त र महिला सचिवमा टिका गुरुङ र रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना र सुदन थापा,सहकोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरे,ददीवाल खड्काले उम्मेदवारी घोषणा गरिसकेका छन । अन्य पदहरुमा पनि उम्मेदवारी आउने क्रम जारी रहेको छ । यसपटकदेखी संघको नेतृत्वका लागि प्रत्यक्ष र अनलाइनमार्फत मतदान हुंदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एनआरएनए, #महेश श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्