सुवास नेम्वाङको पार्थिव शरीर नीजि निवास बालुवाटार लगियो

काठमाडौं,२७ भदौ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालयबाट नीजि निवास बालुवाटार लगिएको छ । उनको शव नीजि निवासमा लगेपछि लिम्बू संस्कार अनुसार गर्नुपर्ने आवश्यक धार्मिक कार्यहरु गरिनेछ ।
मंगलबार हृदयघातका कारण आकस्मिक निधन भएका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मंगलबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । उनको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युष्टि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भावविव्हल हुँदै राष्ट्रिय भण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिन् ।
नेम्वाङलाई श्रद्धाञ्जली अर्पर्ण गर्न प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्माी ९मन्त्रिपरिषद्का अध्यक्ष० लगायत सबै पार्टीका नेता तथा कार्यकर्ताहरु एमाले मुख्यालय च्यासल पुगेका थिए ।
नेम्वाङको अन्त्येष्टी बिहीबार गरिने भएको छ । संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सभामुख समेत रहेका नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा लिम्बू र हिन्दू दुबै संकारअनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवास नेम्वाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्