Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं, २७ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्वर्गीय सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ९बुधबार० नेकपा ९एमाले० को पार्टी मुख्यालयमा पुगेर थम्पसनले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष नेम्वाङको हिजो मंगलबार विहान हृदयघातका कारण निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीर आज दिउँसोसम्म एमाले मुख्यालय च्यासलमा राखिने छ । उनको अन्तिम संस्कार भोलि (बिहीबार) राजकीय सम्मानसहित गरिने भएको छ ।

एमाले पार्टी मुख्यालय च्यासल पुगेर यसअघि शीर्ष नेता, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #डिन आर थम्पसन, #सुवास नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545