Techie IT
शनिबार, वैशाख ६,२०८२

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पेशी असोज १ गते, अन्तिम फैसला आउन सक्ने


काठमाडौं, २८ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी असोज १ गतेका लागि तोकिएको छ ।

यसअघि गत भदौ २१ गतेको सनुवाईमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको हाल बसाई सर्नुअघिको स्थानीय तहबाट किशोरीको जन्ममिति खुल्ने कागजात मगाउन आदेश दिएको थियो ।

हाल किशोरीको परिवार बसोबास गरिरहेको स्थानीय तहमा अन्यत्रैबाट बसाई सरेर आएका हुन् । किशोरीका जन्ममिति फरक फरक पाइएपछि अदालतले बसाई सर्नुअघिको स्थानीय तहको कागजातमा वास्तविक जन्ममिति हुन सक्ने भन्दै कागजात मगाउन आदेश दिएको हो ।

यस्तै किशोरीकी आमाको पनि जन्ममिति विवादित देखिएपछि आमाको पनि जन्ममितिसम्बन्धी कागजात अदालतले माग गरेको हो । स्थानीय तहबाट किशोरीको जन्ममिति सहितको कागजात अदालतमा पुगेकाले १ गतेका लागि पेशी तोकिएको हो ।

सम्भवत सोही दिन अन्तिम फैसला आउन सक्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545