गोरखामा रेडक्रसको एम्बुलेन्स कार्यसमितिलाई थाहै नदिई कवाडीमा बिक्री
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको एम्वुलेन्स चितवनको मोटर ग्यारेजमा टुक्रा टुक्रा (स्क्र्याप) पारेर राखिएको अबस्थामा भेटिएको छ । बा ४ च ९३५३ नम्वरको उक्त एम्वुलेन्सको पार्टपुर्जा कार्यसमितिलाई थाहापत्तै नदिई काटकुट गरेर निकालिएको पदाधिकारीहरुले गुनासो गरेका छन् । मर्मतमा लागि भन्दै लगिएको एम्वुलेन्स आफूहरुलाई जानकारी नदिई टुक्र्याइएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
‘एम्वुलेन्स खै ? भनेर सोध्दा ‘मर्मत गर्न चितवन लगिएको छ’ भनेर जवाफ दिने गर्थे,’ कार्यसमितिका एक पदाधिकारीले भने, ‘तर अहिले बुझ्दा सबै पार्टपुर्जा काटकुट गरेर ९५ हजारमा बेचिसकेका रहेछन् ।’
कार्यसमितिमा छलफल नै नगरी संस्थाका केही सीमित व्यक्तिले एम्वुलेन्स बेचेर लाभ लिएको उनको आरोप छ । कार्यसमितिको निर्णयबेगर एम्वुलेन्स बेच्न नपाउने भएपनि एकलौटी ढंगले मनोमानी गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । ‘नियम अनुसार संस्थाको नाममा रहेको एम्वुलेन्स बेच्न वा टुक्र्याउन संस्थाको कार्यसमितिले अनिवार्य निर्णय गरेको हुनुपर्छ, तर कार्यसमितिलाई थाहा नै छैन, उता एम्वुलेन्स टुक्राएर कवाडीमा बेचिसकेछन्,’ उनले भने ।
उनका अनुसार यही भदौ ५ गते बसेको कार्यसमिति बैठकमा एम्वुलेन्सको कुरा उठान गर्दा चितवनमा मर्मतका लागि लगिएको भन्दै जिल्ला सभापति यदुबिलास भट्टराई र कार्यालय प्रमुख सुवास घिमिरे पन्छिएका थिए ।
जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कुनै पनि एम्वुलेन्स बिक्री गर्न वा टुत्र्mयाउन सम्बन्धित संस्थाको निर्णय अनिवार्य हुनुपर्ने बताए । ‘२० बर्ष पुरानो भइसकेको एम्वुलेन्सलाई बिस्थापित गर्नुपर्ने प्रावधान छ, तर त्यसको बिक्री गर्न वा त्यसलाई टुक्र्याएर बेच्न सम्बन्धित संस्थाको कार्यसमितिले निर्णय गर्नुपर्छ, अनि बेचिसकेपछि संस्थाको खातामा रकम जम्मा भएको हुनुपर्छ,’ उनले भने ।
तर रेडक्रसका केही सीमित व्यक्तिले आफूखुशी एम्वुलेन्स टुक्र्याएर बेचेको र हालसम्म संस्थाको खातामा पैसा पनि जम्मा नगरेको एक पदाधिकारीले बताए । संस्थाका कोषाध्यक्ष ज्ञानहरि अर्यालले एम्वुलेन्स बिक्रीबापतको कुनै रकम खातामा जम्मा नभएको जानकारी गराए ।
एम्वुलेन्स बिक्री भए नभएको बारे समेत आफूलाई जानकारी नभएको उनको भनाइ छ । ‘केही समयअघि मात्र एम्बुलेन्स बिग्रिएर सवालाख खर्च गरेर बनायौँ । बनेको चार महिनामा फेरि बिग्रियो । त्यसपछि बनाउन चितवन पठाइयो, त्यो बिक्री भयो की बन्यो कि त्यसबारे भने मलाई जानकारी छैन,’ उनले भने ।
यता रेडक्रस गोरखा शाखाका सभापति यदुविलास भट्टराईले पनि चितवनको ग्यारेजमा एम्वुलेन्स टुक्र्याएर राखिएको स्वीकार गरे । तर बिक्री भने भइनसकेको उनको दावी छ ।
‘कार्यालय अगाडि एम्वुलेन्स बिग्रिएर बसेको धेरै भएको थियो । बनाउन चितवन लैजाँदा धेरै खर्च लाग्ने भयो । फेरि २० बर्षपनि भइसकेकाले त्यसलाई स्क्र्याप गर्ने भनेर टुक्र्याएरचाहिँ राखेको अवस्थामा छ । बिक्री भने भइसकेको छैन,’ उनले भने । नचल्ने अवस्था भएपछि धेरै अघि धुल्याउने निर्णय भइसकेको उनले बताए ।
दरौँदी दैनिक पत्रिका
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्