दोहोरो अंकले घट्यो सेयर बजार

२६ भदौ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो । मंगलबार सेयर बजार १९।४२ अंकले घटेर १९६७।५७ विन्दुमा रोकिएको छ ।
मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।
थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ । सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्