नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं, २६ भदौ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार बिहान ११ बजे गरिने भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस्तै, सरकारले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।
नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले उनको अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो । उनको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्