Techie IT
सोमबार, वैशाख ८,२०८२

शिक्षासेवी तथा युवा ब्यवसायी रेग्मी सम्मानित


काठमाडौँ , शिक्षासेवी एबम युवा उधमी नारायण रेग्मी सम्मानित भएका छन । रेग्मी न्युजलाईन्स मिडियाको दोश्रो बार्शिकोत्सब समारोह माझ सम्मानित भएका हुन । शिक्षा क्षेत्रको विकास एबम् उन्नयनमा योगदान पुर्याएको भन्दै रेग्मीलाई सम्मान गरिएको हो । रेग्मीलाई पूर्व प्रधान न्यायधिस एबम मन्त्री परिषदका अध्य क्ष खिलराज रेग्मीले सम्मान गरेका थिए ।

त्यसैगरि, कार्यक्रम माझ रेग्मी सहित विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि योगदान पुर्याउदै आएका नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो । को हुन नारायण रेग्मी ? नारायण रेग्मी विण्डो नेपाल एजुकेशन सेन्टरका प्रबन्ध संचालक तथा एजुकेशन फाउण्डेसनका संस्थापक हुन ।

तनहुँ स्थित भानु नगरपालिका पुर्कोटमा जन्मिएका रेग्मी सानैदेखी मेहनती, लगनशिल र मितब्ययी स्वभावका ब्यक्ति हुन । उनी आफूलाई युवा शिक्षा ब्यवसायी भन्न रुचाउनछन् । नेपालमा पहिलो पटक पे ब्याक स्क्लरशिप संचालन गर्दै उनले उच्च शिक्षाबाट बन्चित नेपाली युवाहरुलाई नविन अवसर सिर्जना गरेका छन ।

उनले शुरुवात गरेको पे ब्याक स्क्लरशिपबाट हालसम्म २ दर्जन युवाहरु लाभान्वित भएका छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545