Techie IT
आईतबार, वैशाख ७,२०८२

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने


काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् सविधानसभा सदस्य सुवास नेम्वाङको असामयिक निधनप्रति सरकारले दुस्ख व्यक्त गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुवास नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545