Techie IT
शनिबार, वैशाख ६,२०८२

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति: विद्यादेवी भण्डारी


काठमाडौं, २६ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छन् ।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिंगो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यादेवी भण्डारी, #सुवासचन्द्र नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545