Techie IT
शुक्रबार, चैत्र २८,२०८१

डिएसपी पाण्डेले सम्हाले जिल्ला प्रहरी कार्यालय मुस्ताङको कमान्ड


जोमसोम । जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डे आएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सरुवा सुची अन्तर्गत डिएसपी पाण्डेले आज सोमबारदेखि मुस्ताङ जिल्लाको नेतृत्व सम्हालेका हुन् ।

भाद्र १५ गते भएको प्रहरी नायब उपरीक्षकहरुको सरुवा अन्तर्गत डिएसपी पाण्डे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट मुस्ताङ आएका हुन् । पाण्डे यसअघि ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँमा थिए । प्रहरी निरीक्षक हुँदा तनहुँ रहेका उनी बढुवा भएर पश्चिम नवलपरासीको प्रहरी प्रवक्ताका रूपमा कार्यरत थिए ।

पश्चिम नवलपरासीमा १२ महिना बिताएका उनी मुस्ताङको कमान्ड सम्हाल्न पुगेका हुन् । मास्टर्स डिग्री गरेका उनी दुई पटक शान्तिमिसन जान पाएका प्रहरी अधिकृत हुन् । प्रहरी निरीक्षक हुँदा उनी ईलाका प्रहरी कार्यालय छपिया, इलाका प्रहरी कार्यालय रामपुर पाल्पा र ईलाका प्रहरी कार्यालय बेलचौतरा तनहुँको सफल कमान्ड गरेका थिए । तनहुँमा हुँदा उनी २०७९ श्रावणमा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए ।

ईलाका प्रहरी कार्यालय गजुरी हुँदा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई सर्वोत्कृष्ट प्रहरीको रूपमा घोषणा गरेको थियो । प्रहरीबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७” अनुसार सर्वोत्कृष्ट प्रहरीका रूपमा उनलाई घोषणा गरिएको थियो ।

त्यस्तै, उनलेे प्रहरी निरीक्षक हुँदा ‘आँधी हुरी प्रचण्ड गर्मी भन्दैन केही गरी’ नामक प्रहरी गीत बजारमा ल्याएका थिए । गुल्मी घर भएका पाण्डे नेपाल प्रहरीभित्र ब्यवसायीक प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी २०८१ भाद्र १६ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545