एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा आकांक्षी को को ?

एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुको नाम चर्चामा आएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदेश कमिटिको पहिलो अधिवेशनको आधिकारिक लोगो तयार गरी प्रचार प्रसारको काममा पार्टी कमिटि अघि बढेको छ ।
हाल ४ सय ७७ जना रहेको बागमती प्रदेश कमिटीमा असोज ८-९ गतेको अधिवेशनले २ सय ४० जनाको कमिटीमात्रै चयन गर्दैछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । सहमति प्रयास गर्दा पनि लुम्बिनिमा अध्यक्षसहितका केही पदाधिकारीको टुंगो मतदानबाट लाग्यो । यहाँ पनि आकांक्षीको दाबी हेर्दा चुनावको सम्भावना बढेको नेताहरू बताउँछन् ।
संघीय राजधानी समेत रहेका कारण वागमति प्रदेशको नेतृत्व एमालेका लागि रणनीतिक महत्वको छ । पछिल्लोपटक एमाले सबैभन्दा कमजोर निर्वाचन परिणाम पनि वागमतिमै पाएको छ । त्यसैले यहाँको नेतृत्व प्रभावशाली हुनुपर्ने नेताहरु बताउँछन् ।
अध्यक्ष बन्न पार्टीको पोलिटव्यूरो सदस्यले पनि आकांक्षा देखाएका छन् । एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष नुवाकोटका केशवराज पाण्डेदेखि एमाले पोलिटव्यूरो सदस्य भक्तपुरका महेश बस्नेत सम्मको चर्चा रहेको छ ।
एमालेका एक नेताका अनुसार प्रदेश अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशव पाण्डे सहित पोलिटब्युरो सदस्य महेश बस्नेत, अरुण नेपाल, धादिङका खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेल, विजय सुवेदी र दोलखाकी रचना खड्का लगायतकाको नाम चर्चामा छ । कार्यकारी पद रहेकाले पार्टीको माथिल्लो तहका नेताहरुले समेत सो पदमा चासो व्यक्त गरेका छन् ।
एमाले बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाका अनुसार अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ । प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको उनले बताए ।
१ लाख ७हजारको संगठिन सदस्य रहेको बागमतीमा प्रदेश अधिवेशनका लागि १२०० भन्दा बढी अधिवेशन प्रतिनिधि चयन हुने उपसचिव बर्तौलाले बताए । जसमा एक तिहाई महिला प्रतिनिधि तथा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको प्रतिनिधित्व १० प्रतिशत अनिवार्य गरिएको छ ।
प्रदेश कमिटिमा बहाल रहेका सदस्यहरुले प्रतिनिधि बन्न चाहेमा सम्बन्धित भूगोलबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था रहेको छ भने ५० जना संगठित दलित सदस्य बराबर १÷१ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ । साथै, पेशागत महासंघहरुबाट पनि अधिवेशनमा प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले बागमती प्रदेश अधिवेशन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्