कोरियामा एनआरएनए उपाध्यक्षद्वय शर्मा र श्रेष्ठ, नेतृत्व मध्यपुर्वले पाउनु पर्नेमा सबैको जोड

गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय राजेन्द्रकुमार (आरके) शर्मा र रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द) दक्षिण कोरिया पुगेका छन् ।
उपाध्यक्षद्वयलाई एनआरएनए दक्षिण कोरियाले स्वागत गर्दै एनआरएनए अभियान र भावी नेतृत्वका विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।एनआरएनएको अध्यक्षको दावेदारी गर्दै विश्व दौडाहमा निस्केका शर्मा दक्षिण कोरियामा रहेका नेपालीसँग भेटघाट तथा छलफल गरेका छन् । उनीसँगै अर्का उपाध्यक्ष श्रेष्ठ जापानबाट कोरिया पुगेका हुन्, उनले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
छलफलका क्रममा एनआरएनएको इतिहाँसमा सबै रिजनबाट नेतृत्व लिइसकेको अवस्थामा आगामी कार्यकालका लागि मध्यपुर्वले नेतृत्व पाउनु पर्नेमा सबै एकमत भएका छन् । एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङसहित कार्यसमिति तथा अन्य संघसंस्थाका अगुवाहरुको उपस्थितिमा उपाध्यक्षद्वयसँग छलफल कार्यक्रममा एनआरएनए एकताको अवस्था, भावी नेतृत्व तथा कोरियामा रहेका नेपालीहरुका मुद्धाहरु उठेका थिए ।सोही क्रममा मध्यपुर्व र दक्षिण कोरियामा रहेका नेपालीहरुका मुद्धा एकै भएकाले एनआरएनएमार्फत संवोधन गर्न आफु अगाडि बढेको शर्माको भनाई थियो ।
अध्यक्षका प्रत्यासी शर्माले कोरियामा रहेको नेपाली श्रमिक, विद्यार्थी तथा नेपाली दाजुभाई दिदीबहिनीका भोगाई,सिकाई, समस्या तथा संभावनाका बारेमा धेरै बुझ्ने मौका मिलेको र भोलिका दिनमा समस्या न्यूनीकरण तथा अन्य संभावना उजागरका लागि आफु अहारात्र लाग्ने प्रतिबद्धता जनाएका छन् ।
शर्माले भनेका छन्–‘सम्बृद्ध नेपाल बनाउन दक्षिण कोरियामा रहेका नेपालीहरुले यहाँ सिकेको सीप र प्रविधि र पुँजी भित्राउन आतुर हुनुहुन्छ यसमा हामीहरू सहकार्य गरेर अगाडि बढ्ने छौँ ।’कोरियामा रहेका नेपालीहरुसँगको भेटघाटपछि उपाध्यक्ष शर्मा हङकङ प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बरको अन्तिम साता काठमाडौंमा अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एनआरएन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्