Techie IT
सोमबार, वैशाख ८,२०८२

बागमती प्रदेशका ३ जिल्लामा आज सार्वजनिक विदा


भदौ । बागमती प्रदेश सरकारले आज शुक्रबार प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

गत १८ भदौमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा विदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्लामा आज सार्वजनिक विदा दिएको हो । चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वागी पर्व मनाउँछन् ।

नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।

मकवानपुरको पश्चिम, चितवनको उत्तर र धादिङको दक्षिणी भेगमा चेपाङको घना बसोबास छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक विदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545