Techie IT
आईतबार, वैशाख ७,२०८२

कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गर्ने एकजना पक्राउ


काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई सांघातिक आक्रमण गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका ४७ वर्षीय श्याम सापकोटा रहेका छन् ।

यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको थियो । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

यादवको टाउको पछाडि चोट लागेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545