सुन तस्करी प्रकरणको सुई जताबाट पनि माओवादी नेता तिरै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६० किलो र नौ किलो सुन ल्याउने तस्करको सञ्जाल सत्तारुढ दल नेकपा माओवादीका नेता र कार्यकर्तावरिपरि देखिएको छ।
गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको ६० किलो तस्करीको सुन सिनामंगलबाट बरामद भएको थियो।
त्यस्तै गत पुसमा विमानस्थल भन्सार कार्यालयले जफत गरेको नौ किलो सुन भन्सारबाटै हराएको थियो। उक्त नौ किलो सुन ई–सिगरेटभित्र लुकाएर ल्याइएको थियो। सुन तस्करीका यी दुवै प्रकरणमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मुछिएको आरोप लाग्दै आएको छ।
सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले छानबिन गरिरहेको छ। सुन तस्करीलाई संगठित अपराध तथा अन्तरदेशीय अपराधअन्तर्गत राखेर सिआइबीले अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा तस्करहरूको सम्पर्क सम्बन्ध माओवादीका उच्च तहका नेताहरू, उनीहरूका छोरा, आफन्त र पार्टी कार्यकर्तासँग देखिएको छ। सिआइबी उच्च स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट हराएको नौ किलो सुन र विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको सुन एउटै तस्कर समूहको भएको पाइएको छ। तस्करको त्यो समूहले सुन तस्करीमा माओवादीका नेता–कार्यकर्तालाई प्रयोग गरेको पनि पाइएको छ।
‘लामो समयदेखि नै यो सञ्जाल क्रियाशील भएको देखियो। यति नै समय भन्ने छैन। चुनावको समयमा झन् धेरै सम्पर्क देखिएको छ। सबैको ध्यान चुनावमा केन्द्रित भएका बेला नै तस्करीको सुन धेरै ल्याएको देखिन्छ,’ सिआइबी स्रोतले भन्यो, ‘चाहेर वा नचाहेर पक्राउ परेका र पक्राउ पर्न बाँकी चिनियाँ सुन तस्करसँग माओवादीका केही नेता–कार्यकर्ताको सम्पर्क देखिन्छ।’
तस्करको सम्पर्कमा रहेकासँग बयान लिने काम सिआइबीले गरिरहेको छ। सिआइबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग तीन घण्टा बयान लिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा माओवादी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्