Techie IT
शनिबार, वैशाख ६,२०८२

आईसीसी महिला टी–२० विश्वकप : नेपालद्धारा भुटान ३ विकेटले पराजित


काठमाडौं, १७ भदौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ ।

यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पूरा गरेर विजयी भएको हो ।

नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् ।

भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १÷१ विकेट लिए ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #आईसीसी महिला टी–२० विश्वकप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545