साङ्गला स्थित नयाँबस्ती आनन्दटोलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

तारकेश्वर काठमाडौं । नगरपालिका वडा नं। १, साङ्गला स्थित नयाँबस्ती आनन्दटोल सुधार समाजमा समुदाय र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं १ भित्र हुने चोरी , चकरी ,लुटपाट लागू ओैषद न्युनिकरण घरेलु हिंसा जस्ता बिषयमा सचेतना मुलक अन्तरक्रिया कार्यक्रम भएको समाजसेवी दुर्गा मगरले बताउनुभयो ।
कार्यक्रमा नयाँबस्ती आनन्दटोल सुधार समाजका अध्यक्ष उत्तम बहादुर अधिकारी, वडा अध्यक्ष बिदुर सापकोटा, बालाजु प्रहरी बृतका प्रहरी निरिक्षक जीवन कुमार गौतम, साङ्ला प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक नवराज जोशी लगायत स्थानिय बासीहरुको उपस्थीती रहेको थियो ।
संविधान र कानुनअनुसार स्थानीय तहको सामाजिक न्याय, नागरिक सुरक्षा, सडक सुरक्षा, सामजिक विकृति र जोखिम न्यूनीकरण, पर्यावरणीय सुरक्षा, नैतिकता, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाको दायित्व सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी भएको छ ।
अपराध नियन्त्रण र रोकथाम गर्ने दायित्व, सामाजिक संस्थाका सामुदायिक सुरक्षा र जनचेतना केन्द्रित उद्देश्य, सचेत नागरिकको राज्यप्रतिको कर्तव्य र संविधानले निर्दिष्ट गरेका राष्ट्रिय सुरक्षा सन्दर्भलाई संस्थागत गर्नु खाँचो थियो । अपराध नियन्त्रण र सुरक्षाका लागि दिगो र दीर्घकालीन सहकार्य गर्ने संरचनागत प्रणाली विकासका लागि अपरिहार्य भयो । फलतः यो संयन्त्र जन्मियो ।
साझेदारी अभियानको स्वरूप स् यो अभियान मुलुकभरका ७ वटै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ स्थानीय तहमा एकैचोटि सुरु भएको छ । देशभरका सात सय ५१ स्थानीय तहसँग प्रहरीको समझदारी भइसकेको छ ।
१० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यसमा प्रत्यक्ष रूपमा संलग्न हुनेछन् । यो साझेदारीका लागि प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघ–संस्था, विद्यालयबीच स्थायी संयन्त्र बन्नेछ । अपराध रोकथाम, सामुदायिक सुरक्षा र सचेतना कार्यक्रममा हरेक जिल्ला, पालिका, वडा, टोल र स्थानीय विद्यालय पनि संलग्न रहनेछन् । प्रहरी आफैँ घर–घरमा पुगेर समाजमा हुने अपराधसम्बन्धी जानकारी गराउँछ ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्