Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वरमा बढ्दो आर्थिक भार : ठेकेदार र उपभोक्ता समितिलाई भुक्तानी छैन , विकास योजना आयोगमा उपाध्यक्षमा घिमिरेको नियुक्ति


काठमाडौं । तारकेश्वर नगरपालिकामा गत आवमा मात्र कपरव ७० करोड भुक्तानी दिन बाँकी छ । पूर्वाधार बिकासका काम सम्पन गरेका बिभिन्न ठेकेदारहरु र उपभोक्ता समितिहरुले नगरपालिकाबाट भुक्तानी नपाएको सार्बजनीक रुपमै अभिब्यक्ती दिदै आएका छन तर तारकेश्वर नगरपालिकाले भने विकास योजना आयोग गठन गरी उपाध्यक्ष पदमा एक महिना अघि रिटार्यड कर्मचारीलाई नियुक्ती गरेको छ ।

अघिल्लो वर्ष नगरका नीति तथा कार्यक्रम पुस्तिकामा समावेश भएका योजना पुरा गर्न नसकेको नगरपालिकाले अनावश्यक आर्थिक भार हुनेगरी विकास योजना आयोग गठन गरी उपाध्यक्ष र तीनजना कर्मचारी र तिनको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्ने निर्णयप्रति तारकेश्वर नगरपालिकाभित्रका राजनीतिक दलहरु ९नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी० ले नगर भित्र भएका कर्मचारीलाई बिजिनेस दिन नसकेको बेला थप आयोग गठन गरी आर्थिक भार बढाउने कार्य यतिबेला आवश्यकता नभएको र पूर्व प्रमुख प्रशासकिय अधिकृतलाई नै आयोगको उपाध्यक्षमा नियुक्ति गर्न नहुने बताएका छन् ।

एमाले तारकेश्वरका उपाध्यक्ष धुर्व राईका अनसार– अहिले के कारणले आयोग गठन गरिएको हो, त्यसका लागि उपयुक्त पात्रको मापदण्ड के हो रु अनि आर्थिक समस्याको बेला आर्थिक भार बढाउने र आफ्ना नजिकका मान्छे भर्ति गर्ने उद्देश्यले गठन गरिएको आयोगको आवश्यकता देखिदैन त्यसलाई तत्काल खारेज गरियोस । त्यस्तै माओवादी केन्द्रका तारकेश्वर अध्यक्ष जग्गनाथ राजबाहक, राप्रपाका अध्यक्ष बसन्त बस्नेत, एकीकृत समाजवादीका अध्यक्ष नारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक नगर सभापति लक्ष्मण तिमल्सिनाले विकास योजना आयोग गठन गरेर नयाँ कर्मचारीहरु नियुक्ति गर्नु आवश्यक छैन । अहिलेलाई नगरपालिकामा भएका कर्मचारीहरुलाई नै जिम्मेवारी बनाएर काम गर्न सकिन्छ । सानो बजेट भएको नगरपालिकामा जसको आन्तरिक स्रोत पनि न्युन रहेको छ ।

तारकेश्वर नगरपालिकामा २०७९ फाल्गुन ८ गते प्रमुख प्रशासाकिय अधिकृत बन्न पुगेका डा। कृष्ण बहादुर घिमिरेले आफ्नो ६ महिने कार्यकाल सकिए लगतै आफैंले बनाएको ऎन अनुसार तारकेश्वर नगर बिकास योजना आयोग गठन गरेर नेपालको इतिहासकै पहिलो नगरपालिकामा मातहत गठन भएको योजना आयोगकै उपाध्यक्ष बन्न सफल भएका छन् । घिमिरेको नियुक्तिले आगामी दिनमा तारकेश्वरमा प्रमुख प्रशासयिक अधिकृत र आयोगको उपाध्यक्षबीचमा समेत द्धन्द्ध निम्त्याउने विश्लेषकहरु बताउँछन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ht, #तारकेश्वरमा बढ्दो आर्थिक भार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545