Techie IT
आईतबार, वैशाख ७,२०८२

महराका बाबु–छोरामाथि अनुसन्धान थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशन


काठमाडौँ । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

भेप प्रकरणमा सीआईबीले ‘मुख्य योजनाकार’ किटान गरेका व्यक्तिहरूमाथि अनुसन्धान भएको नदेखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई बताए । उनले भने–‘हामीले थप अनुसन्धान गरेर पूरक प्रतिवेदन ल्याउन भनेका छौँ ।’

सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भएको जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृतले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृष्णबहादुर महरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545