क्रिकेटर सन्दीप लामिछाने एशिया कप खेल्न गए पाकिस्तान

काठमाडौं, ११ भदौ । क्रिकेटर सन्दीप लामिछाने एशिया कप खेल्न पाकिस्तान गएका छन् ।
उनी टीम भन्दा पछि एक्लै पाकिस्तान गएका हुन् । उनी बाहेकको टीम केही दिनअघि नै पाकिस्तान पुगिसकेको छ । सन्दीप भने मुद्दाका कारण टीमसँगै जान पाएका थिएनन् ।
पाकिस्तान जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै एशिया कपमा राम्रो गर्ने बताए ।
भारत र पाकिस्तानविरुद्ध राम्रो खेलेर मन जित्ने बताउँदै उनले आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए। आफूहरूको लागि यो खुशीको पर्व भएको भन्दै सधैँ यस्ता टीमसँग खेल्न नपाउने उनको भनाइ छ ।
उनलाई त्रिभुवन विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गरेका थिए । नेपालले एशिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्