एनआरएनए सह-कोषाध्यक्षमा क्यानडाबाट अभिमन्यु बस्नेतको उम्मेदवारी घोषणा
![](https://www.sajhapana.com/wp-content/uploads/2023/08/basnet.webp)
क्यानडा, गैरआबासीय नेपाली संघ (एनआरएनए)को एघारौं महाधिबेशनमा संघका बर्तमान अमेरिकन रिजनका सह संयोजक अभिमन्यु बस्नेतले सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । केही दिनमा आगामी कार्ययोजना सहित औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी रहेको बताउदै बस्नेतले एनआरएनएमा आफ्नो सकृयता, कृयाशिलता र निरन्तरताका लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले उक्त पदमा यस अभियानमा आफूभन्दा सिनियर मान्छे कोही आउँदा आफूले छाडिदिने बताए ।
हाल भद्रगोल अवस्थामा चलिरहेको संघको आर्थिक प्रणालीलाई बर्तमान कार्यकालमा ब्यबस्थित गर्नको लागि धेरै मेहनत गर्नुपर्ने र त्यसको लागि संघलाई आफ्नो उर्जा र इमान्दारिताले योगदान गर्नको लागि आफ्नो उम्मेद्वारि आबस्यक रहेको बस्नेतको तर्क रहेको छ ।
गैर आबासीय नेपाली संघ क्यानडाको विभिन्न पदमा रहँदै आईसिसि सदस्य,विभिन्न टास्कफोर्समा रही हाल अमेरिकन क्षेत्र डिआरसीको जिम्मेवारिलाई संस्थागत मर्यादा र निष्ठापूर्वक निभाएका बस्नेतलाई संगठनका अग्रज र समकालिनहरुको पनि समर्थन रहेको छ । सबैसँग मिलेर काम गर्न सक्ने र पाएको जिम्मेवारिलाई इमान्दारिता पूर्वक सम्पन्न गर्न सक्ने ब्यक्तिका रुपमा बस्नेतले एनआरएनमा आफ्नो परिचय बनाएका छन ।
नेपाललगाएत विश्वका बिभिन्न देशमा मानबीय सेवा ,अन्य कल्याणकारि काम र परोपकारी कामको लागी सधै कृयाशिल बस्नेत यो अभियानमा पनि केही दिनको लागी आउन लागेको बताउछन ।
आफ्नै मेहनत र इमान्दारिताले सफल ब्यक्तिको रुपमा स्थापित भएका बस्नेत संघमा पनि पदीय जिम्मेवारिलाई संस्थाको उन्नति र प्रगतिका लागि प्रयोग गर्ने संस्कार बसाल्न अत्यन्त जरुरी भएको र त्यसका लागि कडा अनुशासन कायम गर्नु आबस्यक रहेको बताउछन ।
आम प्रवासी नेपालीहरुमा एनआरएनए प्रतिको भरोसामा कमि आएको वास्तविकतालाई स्वीकारेर बिधि बिधान, आर्थिक पारदर्शिता र नेतृत्वमा इमान्दारिता कायम गर्नको लागि सह कोषाध्यक्षको जिम्मेवारि लिन चाहेको र त्यसका लागि सबै गैरआवाशिय नेपालीहरुको समर्थन रहने कुरामा आफू विश्वस्त रहेको बस्नेतले बताए । बिगतमा सुरु भएका राम्रा आर्थिक नीति र कार्यक्रमलाई संस्थागत गर्ने , आर्थिक रुपमा संस्थालाई आत्मनिर्भर र पारदर्शी बनाउने,सँस्थामा आर्थिक पारदर्शितासहित चुहावट रोक्ने लगाएतका परिवर्तनकारी योजना सहित छिट्टै औपचारिक कार्यक्रम गरि आफु अगाडी बढ़ने जनाउदै बस्नेतले आफ्नो अभियानलाई साथ दिन सबै गैरआवाशिय नेपालीलाई आग्रह गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अभिमन्यु बस्नेत, #एनआरएनए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्