Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले काठमाडौंको जनसंगठनहरुको बैठक : महाधिवेशन पूर्व कम्तिमा एउटा रचनात्मक काम सहित कमिटि गठन/ पुर्नगठन गर्नुेपर्ने


काठमाडौं । नेकपा एमाले काठमाडौंले जनसंगठनहरू प्रभावकारी बनाउनका लागि आज  जिल्ला मातहातका जनसंगठहरुसंग छलफल गरेको छ । जोरपार्टी स्थीत ड्रिम हाउस पार्टी प्यालेसमा आयोजित बैठकमा पार्टी र जनसंगठन बीचको प्रभावकारी समन्वय बिषयमा छलफल गरेको हो ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलाका अनुसार जनसंगठनहरुका समस्या र जटीलतालाई ब्वस्थीत गरि पार्टीका कामलाई गतिशिल बनाउनका लागी जनसंगठन बीचको प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

जिल्ला पालिका, वडा सम्मका जनसंगठनहरु र पार्टी बिच समन्वय गरि जनजिबिकाका सवालमा पार्टी पङ्गती लाग्नु पर्ने एवं बिभिन्न पालिकाहरुमा आवश्यकता अनुसार ज्ञापनपत्र र ध्यानाकर्षण गराउन जिल्ला अध्यक्ष निरौलाले जोड दिनुभयो ।
पौष २७ र २८ गते हुने नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको अधिवेशन अगाडी कम्तीमा एउटा रचनात्मक कार्य गर्नेुपर्ने , आवश्यकता अनुसार कमिटि गठन पुर्नगठन गरि लेखा परिक्षण सम्पन्न गराई बैकंकीङ्ग प्रणालीमार्फत आर्थीक कारोवार गर्ने निर्देशन गरेको छ ।

नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसंगठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु जनसंगठनहरूको प्रभावकारी भूमिका आवश्यक ठान्दै आज बिभिन्न जनसंगठनका नेताहरुले अर्धबार्षीक कार्ययोजना समेत प्रस्तुत गरेका छन ।

बैठकमा जिल्ला कमिटिका पदाधीकारीहरु , पोलीटब्यूरो सदस्य एवं जिल्ला ईन्चार्ज आनन्द पोखरेल , कृष्ण राई , केन्द्रिय सदस्य शान्ता अधिकारी , बागमती प्रदेश मोर्चा संगठन प्रमुख रचना खड्का सहित केन्द्र र प्रदेश स्तरका नेताहरुको उपस्थीती रहेको थियो ।

एमाले काठमाडौं जिल्ला कमिटि अन्र्तगत २० वटा जनसंगठनहरु क्रियाशिल रहेका छन ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौं, #एमाले काठमाडौंको जनसंगठनहरुको बैठक, #दिपक निरौला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545