Techie IT
शनिबार, वैशाख ६,२०८२

ब्राउन सुगरसहित २ जना पक्राउ


भैरहवा । प्रतिबन्धित अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुद्वोधन गाउँपालिका ५ पुरैनी बस्ने २० वर्षीय सुरज थारु र उक्त गाउँपालिका–३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले २ ग्राम २० मिलिग्राम ब्राउन सुगर र खुकुरी एक थान समेत बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरीको टोलीले उनीहरू सवार लु ८५ प ४५५८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा शुद्धोधन गाउँपालिका ३ दोगाना चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको रुपन्देही प्रहरीले जनाएको छ । पछिल्लो समय रुपन्देही प्रहरीले आफ्नो सक्रियता बढाएसंगै अपराधीहरु धमाधम नियन्त्रणमा आइरहेको प्रहरी उपरीक्षक भरत बहादुर बिकले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545