Techie IT
आईतबार, वैशाख ७,२०८२

जिल्ला कारागार संखुवासभामा दुई जना कैदीबन्दीको मृत्यु

कुटपिटको आरोपमा ७ कैदीबन्दी प्रहरीको नियन्त्रणमा


संखुवासभा – जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीहरूबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बुधबार दिउँसो १ सय ३६ कैदीबीच फेरि झडप भएको थियो । यो कारागार २५ जना क्षमताको हो ।
मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश वलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । संखुवासभा मादी नगरपालिका ५ का अर्का मृतक विनोद तोलांगी जबर्जस्ती करणीमा मुद्दामा जेल सजाय भोगिरहेका थिए ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरुलाई कारागारमै राखिएको केही बेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #जिल्ला कारागार संखुवासभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545