रुपन्देहीको प्रहरी कार्यालयमा तस्करहरुलाइ “नो इन्ट्री”

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पछिल्लो समय तस्करी नियन्त्रणमा चासो दिन थालेका छन् । अवैध कारोबारी बाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै रूपन्देही प्रहरी पछिल्लो समय तस्करी नियन्त्रणमा आक्रमक भएका हुन् ।
यसअघि प्रहरीकै सेटिङमा खुलेआम चलिरहेको अवैध चोरी पैठारीका सामानहरु समेत धमाधम समातिरहेका छन् । प्रहरी उपरीक्षकको रूपमा नेतृत्व सम्हाल्न आएका भरत बहादुर बिकले तस्करीका सामान मात्रै बरामद गर्ने तर, स्थानीय तस्करहरुलाई भने नियन्त्रणमा नलिने गरेको जन गुनासो आउन थालेपछि मानिस सहित तस्करीका सामान बरामद गर्ने कार्यलाइ थप तीब्रता दिइएको बताए ।
प्रहरीकै सेटिङमा तस्करी हुने गरेको भन्ने कुराको आरोप निराधार रहेको बताउदै आएका एसपी बिकले प्रहरीको मिलेमतो नभएको देखाउनैको लागी मानिस समेतलाई नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएका उनीहरूलाई मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ । यसअघि तस्करी गरी ल्याइएको सामग्री मात्र नियन्त्रण गरी भन्सार चलान गर्ने गरिएकोमा पछिल्लो समय सामान लोड गरी ल्याइएका सवारी साधन समेत भन्सार चलान गर्ने गरिएको छ ।
बिकले सामान नियन्त्रण गरेर मात्र पेशेवर तस्करलाई निरुत्साहित गर्न नसकिने भएकोले सामान सहित ढुवानीको लागि प्रयोग गरिएको साधन र ढुवानीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न थालिएको बताए। ‘सामान मात्रै नियन्त्रणमा लिई भन्सार पठाउने तर सामान ल्याएको साधन छोडिदिँदा फेरि तस्करीमै संलग्न हुने गरेको पाइयो, साधन समेत नियन्त्रणमा लिएर भन्सार चलान गर्न थालेपछि त्यही व्यक्ति फेरि तस्करीमा नलाग्न सक्छ,’ उनले भने।
तस्करीलाई रोक्ने हो भने सामान मात्र होइन, साधन पनि समात्नुपर्छ भन्ने लागेर साधन पनि समात्न थालिएको उनले बताए। ‘भन्सार कार्यालयले त थोत्रो बाइक लिलाम पनि हुँदैन नसमाते पनि हुन्छ भन्छ, तर हाम्रो उद्देश्य लिलाम गराएर राजश्व बढाउने मात्र नभई तस्करी नै रोक्नु हो,’ बिक भन्छन् ।
प्रहरीकै मिलेमतोमा तस्करी हुन्छन् भन्ने मानिसको दिग भ्रमितलाइ चिर्न नै हामीले अहिले भने मानिस समेतलाई नियन्त्रणमा लिइ मुद्दा नै चलाउन थालेका छौँ । उनलेे भने, यो अभियानले थप तीब्रता पाउन्छ । प्रहरी उपरीक्षक बिकले जिल्लाका विभिन्न सीमा नाकाहरुमार्फत् भन्सार छली गरेर ल्याईएका सामानहरु समेत बरामद गरिएको र त्यस्मा असन्तुष्टि केही मानिसहरूले प्रहरीलाई बदनाम गराउने उद्देश्यले प्रायोजित प्रचार मात्रै गरिएको दाबी गरे ।
प्रहरी संगठनलाई बदनाम गराउन केही तत्व लाग्दै आएका छन्, तस्करी ध्वस्त पारेपछि उनीहरू अहिले भौतारिरहेका छन् । त्यसैले पनि अनग्रल प्रचार गरेका होलान् । प्रहरी उपरीक्षक बिकले प्रहरी र तस्करहरूको बीचमा सम्बन्ध हुन्छ भन्ने आरोपलाई पनि चिर्न चाहेको बताउँछन् । उनले तस्करहरूलाई प्रहरीसँगको भेटघाट र कार्यालय त प्रवेशमा निषेध नै गरेको दाबी समेत गरे ।
यसअघि यहाँ के भएको थियो ? मलाई थाहा छैनन् तर, मेरो कार्यकालमा तस्करलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा “नो इन्ट्री” । म यहाँ आए देखी नै मैले आफू र आफ्नो मातहत सबै प्रहरी कार्यालयका सक्कल प्रहरी कर्मचारीलाई तस्करीमा संलग्नहरूलाई नभेट्न निर्देशन दिएको छु,’ बिकले भने ।
सानो परिमाणमा हुने तस्करीमा सीमा आसपासका व्यक्तिहरू भरियाको रूपमा प्रयोग हुने गरे पनि ठूलो परिमाणमा हुने तस्करीमा भने पेशेवर तस्कर र गाडीका चालक समेत प्रयोग हुने गरेको आफूहरुले बुझेको बताउदै प्रहरी उपरीक्षक बिकले सीमा क्षेत्रका प्रहरी चौकीलाई तस्करी नियन्त्रणसँगै अपराध नियन्त्रणमा समेत उच्च सतर्कतामा राखिएको बताए ।
नाजायज सम्बन्ध बनाइ गैरब्यवसायिक कार्यमा संलग्न भए प्रहरीलाई पनि आफूले नछाड्ने उनलेे बताए । शान्तिसुरक्षा नियन्त्रणमा ओहोरात्र खट्ने प्रहरी आफैं नै गैरब्यवसायीक कार्यमा लागे आमनागरिकको सुरक्षा कस्ले गर्ने ? उनको प्रश्न थियो । प्रहरीले तस्करी गर्नेलाई चल्न-हल्न नदिएको कारण सीमा क्षेत्रमा अपराध कम भएको दाबी गरे । अहिले तस्करहरुको भागाभाग छ । रूपन्देहीका मर्चवार, मझगाँवा, धकधईजस्ता सीमा क्षेत्रमा तस्करी रोक्ने बित्तिकै अपराध पनि रोकिएको छ । जहाँ देख्छौं हामी त्यहीँबाट उठाइहाल्छौं अनि प्रहरीलाई बदनाम गर्छन्, उनको भनाइ छ ।
त्यस्तै, उनलेे जिल्लाको शान्ति सुरक्षाका लागि तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने गरेको बताउँछन् । भारतसँग खुला सिमानाका कारण रूपन्देहीमा तस्करीको सामान ल्याउनेहरूको बिगबिगी रहेकोले सादा पोशाकका प्रहरी नै परिचालन गरेर तस्करी नियन्त्रणमा लागेको उनले बताए ।
बिकका अनुसार आफूले रुपन्देहीको नेतृत्व सम्हालेयता झन्डै डेढ करोड बराबरको तस्करीको सामान बरामद गरेको बताए । गत, माघ २३ गतेदेखि रुपन्देहीको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका एसपी बिकले विभिन्न सामानहरु तस्करी गर्दै गरेको अवस्थामा मानिससहित पक्राउ गरिएको बताए । उनैको भनाइलाई आधार बनाउने हो भने, रुपन्देही प्रहरीले एकैदिन १८ लाख बराबरको चोरी पैठारीका सामान समेत बरामद गर्न सफल भएको छ ।
शान्ति सुरक्षा कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने प्रहरी तस्करी नियन्त्रणमा बढी केन्द्रित भएन र ? भन्ने प्रश्नमा बिक भन्छन् , ‘कानुन नमान्ने मान्छेहरू नै अपराध र तस्करीमा लागेको हुन्छन्, कहीँ न कहीँ अपराध र तस्करी गर्नेहरूको सम्बन्ध रहेको हुन्छ । त्यसैले, अपराध नियन्त्रण गर्नका लागि तस्करी रोक्नै पर्छ ।’ प्रहरीले सिमानामा नै अपराध गर्नेहरूलाई रोकिदिने हो भने अर्को अपराध हुन नपाउने उनको भनाइ छ ।
तस्करी नियन्त्रणलाई राजश्वसँग मात्र जोडेर हेरिनु हुँदैन, यो शान्ति सुरक्षासँग पनि जोडिएको छ, अवैध रूपमा कमाएको पैसा अवैध तरिकाबाटै खर्च हुने गर्छ, अन्ततः अपराध बढाउँछ,’ उनी भन्छन् । प्रहरीले तस्करी गर्नेहरूलाई चल्न-हल्न नदिएको कारण सीमा क्षेत्रमा अपराध कम भएको उनले दाबी गरे ।
रूपन्देहीका मर्चवार, मझगाँवा, धकधईजस्ता सीमा क्षेत्रमा तस्करी रोक्नेबित्तिकै अपराध पनि रोकिएको छ,’ उनले भने । नेपाल-भारत सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी तथा तस्करी नियन्त्रणका लागि भनेर नै खटिएको सशस्त्र प्रहरी भने यतिबेला सुस्ताएका छन् । सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलको भए पनि तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरीलाई नेपाल प्रहरीले उछिनेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्