Techie IT
शनिबार, वैशाख ६,२०८२

परासीबाट लागूऔषध सहित एक जना पक्राउ


नवलपरासी । प्रतिबन्धित लागूऔषध सहित एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार आज (सोमबार) दिउँसो साँढे दुई वजेको समयमा रामग्राम नगरपालिका वडा नंम्बर ६ पोखरापालीस्थितमा लागुऔषध विक्री गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको विशेष टोलीले ४० बर्षीया गंगोत्री बनियाँलाई नियन्त्रणमा लिइएको हो ।

बानियाँको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा ड्राइजेपाम, फेनारगन, बुप्रिनफ्रिन गरी ४२३ एम्पुल , नाइट्राभेट ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागुऔषध सहित उनलाइ पक्राउ गरेको नवलपरासीका प्रहरी प्रमुख काजीकुमार आचार्यले जानकारी दिए ।

उनी विरुद्ध प्रतिबन्धित लागूऔषध ओसारपसार शीर्षकमा थप अनुसन्धान भइरहेको आचार्यको भनाई छ । एसपी आचार्य नवलपरासीको प्रहरी प्रमुख भएपछि लागूऔषध नियन्त्रणमा यो दोस्रो अप्रेसन हो । यसअघि पनि नवलपरासी प्रहरीले नै ठूलो परिणाममा लागूऔषध नियन्त्रणमा लिइ कार्वाही गरिसकेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545