Techie IT
शनिबार, वैशाख ६,२०८२

अब गठबन्धन बदलिन्छ : गगन थापा


काठमाडौं, ९ असार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार ठिक ढंगले अगाडि नबढे गठबन्धन बदल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा थापाले गठबन्धन ठिक ढंगले चलने र चित्त बुझेन भने गठबन्धन फेर्ने बताएका हुन् । निर्वाचनपछि गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको उनको भनाई छ ।

समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि काँग्रेसलाई फरक नपर्ने थापाले बताए ।

‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने रु जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्‍यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ । के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर रु १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकेटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली काँग्रेसले छलफल गर्ने बेला आएको छ । यो गठबन्धन, जताततै प्रदेशमा तल,माथि सबैतिर गठबन्धन किन भइरहेको छ रु । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ,’उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545