Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको आह्वान


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ ।

शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

उहाँले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको तर्कसमेत गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताउनुभयो । उहाँले राजावादीहरुले टाउको उठाउने कोशिस गरेपनि सफल हुन नदिने जिकीर गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल कम्युनिष्ट पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545