संखुवासभामा विपत प्रतिकार्य सम्बन्धी जनचेतना मुलक उद्धार अभ्यास (फोटोफिचर)

खाँदबारी – संखुवासभाको सदरमुकाम खाँदबारीको टुँडिखेलमा मंगलबार दिउँसो अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । केही घाइतेलाई एम्बुलेन्समा लगिँदै थियो भने कतै दमकलले आगो निभाउँदै थिए ।

खाँदबारीको नमुना बस्तीको एक होटेलमा युवाहरू मादकपदार्थ सेवन गर्ने क्रममा झगडा हुँदा फुसको छानोमा आगलागी हुन्छ । आगलागी भएपछि धेरै मानिस घाइते भए। उनीहरूको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल ले। रेडक्रसले आपतकालीन राहत वितरण, प्रमुख जिल्ला अधिकारी र विपद् व्यवस्थापन समितिको टोलीले स्थलगत अध्ययन, मुचुल्का तयारलगायतका काम गरे ।
त्यसैगरी अर्को घटनामा खाँदबारीकै नमुना बस्तीमा पहिरो जान्छ। सोही पहिरोमा धेरै मानिस घाइते हुन्छन्। माथि भनिएझैँ सम्बन्धित निकायहरूले उद्धार र उपचार गर्छन्।

यी घटनाहरु वास्तविक भने होइनन्। जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा विपद् आइपर्दा कसरी सतर्क रहने भनेर विपद् कृत्रिम घटना अभ्यास गरी देखाइएको हो। अभ्यास देखाइए पनि घटनामा वास्तविक साना–साना फुसको छानो भएका घरहरू निर्माण गरिएका थिए। होटेल र बस्तीजस्तो बनाइएको थियो। उद्धार टोलीमा प्रहरी र सेना तथा एम्बुलेन्स र दमकल तयारी थिए। अस्पतालमा स्वास्थ्कर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए। कृत्रिम घटना भए पनि वास्तविकजस्तै बनाइएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा भएको सो कृत्रिम घटनाको तयारी नयाँ भैरवी गुल्मले आयोजना गरेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला समन्वय समिति, खाँदबारी नगरपालिका, जिल्ला अस्पताललगायतको भूमिका सम्बन्धित कार्यालय आफैँले निभाएका थिए।

कृत्रिम घटनामार्फत स्थानीयलाई साँच्चिकै विपद् आइपरेको समयमा कसरी बच्ने र सतर्क रहने भन्ने विषय देखाइएको थियो। सो प्रर्दशन हेर्न खाँदबारी नजिकैका विद्यालयका विद्यार्थी, स्काउट, एनसिसीका विद्यार्थी र स्थानीयहरूको उपस्थिति रहेको थियो।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, समाचार
ट्याग : #उद्धार अभ्यास, #प्रतिकार्य सम्बन्धी जनचेतना, #विपत, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्