राष्ट्रिय आदिबासी जनजाति महिला महासंघद्धारा भूमिअधिकार सम्बन्धी मिडियासँग छलफल कार्यक्रम सम्पन्न

संखुवासभा, १५ जेठ—संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)द्धारा भूमिअधिकार सम्बन्धी मिडियासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)ले संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको पावारहाउस गृहमा भूमि अधिकारका बिषयमा काम गरेको र सो बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरेको हो ।
निफले अरुण तेस्रोको प्रवेश मार्ग छयाङकुटी—पुखुवा, पावारहाउस गृह लगायतका क्षेत्रमा अध्ययन गरेको र सो क्षेत्रमा मुआब्जा, छुट जग्गा लगायातको बिषयमा धेरै मानिसहरु पिडीत रहेको पाइएको कार्यक्रममा बताएका थिए । निफले सन् २०२० देखि ०२३ सम्म तीन बर्ष अरुण तेस्रोेको पावारहाउस गृह चिचिला गाउँपालिका वडा नं. १, २ र ३ मा भूमिअधिकारको बिषयमा काम गर्दै आएका छन् ।
यूरोपियन यूनियनको सहयोगमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)ले संचालन गरेको सो परियोजनाको अन्तिम चरणमा पुगेको राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)का महासचिव शोभा सुनुवारले कार्यक्रममा जानकारी दिइन् । उनले तीन बर्षे कार्यकालको अन्तिम चरणमा आईपुगेको बताउर्दै अब छिटटै सम्बन्धित निकायमा पुग्ने गरि अन्तिम रिर्पोट, डकुमेन्ट्री लगायतको काम सम्पन्न हुने र त्यो जिल्लाका निकाय, फोनिज लगायतका संघसंस्थाहरुलाई समेत उपलब्ध गराउने बताईन् ।
जल, जमिन र जंगलमा आदिबासी जनजातिहरुको अपनत्व भएपनि बिस्तारै मासिदैं गएको प्रति चिन्ता ब्यक्त गर्दै जनजातिहरुको आदिमथलो, प्रथाजनित संस्थाहरु मासिदैं गएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रभावित क्षेत्रका अगुवा कुमार गुरुङले अरुण तेस्रोले स्थानीयलाई धेरै पीडा दिएको बताएका थिए । उनले ७ बर्षअघि देखि गरिएको लडाई अन्तिम चरणमा आएको र सरकारले अहिले छुट जग्गाको प्रतिरोपनी ११ लाख ७५ हजार रुपैया दिने निर्णय गरेपनि अझै केही जग्गाहरु नसमेटिएको प्रति गुनासो गरे ।
कार्यक्रममा पत्रकारहरुले निफ र पिडीतको अवस्थाका बारेमा खुल्ला रुपमा विभिन्न छलफल समेत गरेका थिए । कार्यक्रममा निफले हालसम्म गरेको प्रगतिका बारेमा कार्यक्रम संयोजक हिरा तामाङ्गले प्रस्तुतीकरण गरेका थिइन् ।
कार्यक्रममा पत्रकार महासंघ संखुवासभाका शाखाका अध्यक्ष इन्द्र गिरीले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाका अध्यक्ष नवीन गुरुङले सो प्रभावित क्षेत्रमा भूमिमा महिलाहरुको अधिकारको बिषयमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ)ले मुद्धा उठाएको भन्र्दै धन्यवाद दिएका थिए । उनले महिलाहरु माथि हुने घरेलु र परियोजनाहरुबाट हुने हिंसाका बिषयमा कसैले उठाउन नसकेको भन्र्दै स्थानीय रुपमा मिलापत्र हुन दुःखत भएको धारणा राखेका थिए ।
महिलाहरुको बिषयमा संवेदनशील भएर निफले मुद्धा उठाउनुपर्नेमा अध्यक्ष गुरुङले जोड दिएका थिए ।
आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाका अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव ध्यान कुलुङले संचालन गरेका थिए ।
राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ (निफ) को आयोजना र स्थानीय ब्यबस्थापन आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाले गरेको थियो ।
#नबिन
क्याटेगोरी : समाचार
ट्याग : #मिडियासँग छलफल, #राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्