“दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त”को तयारी पुरा

सुर्खेत, जेठ १२ ÷ कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा खुल्लामञ्च घन्टाघरमा भोली (शनिबार) हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको हो ।
प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेज विक्रम बस्नेतले जानकारी दिए । बीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाकी नगर प्रमुख मोहनमाया भण्डारी (ढकाल), प्रदेश खेलकुद बिकास परिषदका उपाध्यक्ष प्रमोद हमाल लगायतले स्वागत गरेका थिए ।
सो अबसरमा नगर प्रमुख भण्डारीले यो प्रतियोगिताले समग्र खेलकुद विकास संगै खेलकुद मार्फत नगरको पर्यटन बिकासका लागि महत्वपूर्ण हुने बताइन् । उनले सम्पूर्ण नगरबाशीहरुलाई खेलको मनोरन्जन लिन कार्यक्रमस्थल खुल्लामञ्चमा आउन आग्रह समेत् गरिन् । प्रतियोगिता अन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिम संग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् ।
यता लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ । प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार, मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछन् ।
सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिब सुवर्ण श्रेष्ठले बताइन् । सो अवसरमा एकेडेमीका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज बस्नेतले नगरपालिकाले खेलाडीहरुलाई स्वागत गरी आयोजक तथा खेलाडीहरुको हौसला बढाएकोमा आभार समेत व्यक्त गरे ।
प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल हुने संगै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास लिएको उनको भनाई थियो ।
प्रवेश निशुल्क रहेको प्रतियोगिता लाई करिव १० हजारले प्रत्यक्ष अबलोकन गर्ने अपेक्षा गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #khel
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्