ॐ हस्पिटलले बाह्रविसेमा गर्यो स्थानीयहरुको निःशुल्क स्वास्थ्य परिक्षण

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि।ले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविरसफलताका साथसम्पन्न गरेको छ।
अस्पतालकोआफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ॐ हस्पिटलर हरिमायाबाह्रविसे फाउण्डेशनको संयुक्त आयोजनामा बाह्रविसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा संचालित शिविरमा बाह्रविसे नगरपालिकालेसमेत सहकार्य गरेको थियो ।
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्नुभएको सो शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।
बाह्रविसे वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, मुटुरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, नाक कान घाँटी, स्त्री क्यान्सर परिक्षण,मनोरोग तथा फार्मेसी सेवा लगायतका विषयहरुमा ३० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरेको हो ।
ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा। आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण शिविरमा वरिष्ठ चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
अध्यक्ष डा। श्रेष्ठले सम्बोधनका क्रममा आफ्नो चिकित्सकीय सेवाको सुरुवाती दिनहरुको सम्झना गर्नुहुँदै बाह्रबिसे आफ्नो दोश्रो घर सरह रहेको बताउनुभयो । बाह्रविसेका स्थानीयहरु परिवारका सदस्यहरु जस्तै लाग्ने र आफु त्यस समुदायका लागि हरसम्भव सहयोग गर्न सदा तत्पर रहेको बताउनुभयो ।
शिविरको उद्घाटन सम्बोधनका क्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीले स्वास्थ्य सेवा केन्द्रमा तत्काल आवश्यक उपकरणहरु उपलव्ध गराउने र निकट भविष्यमा केन्द्रलाई १० देखी १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिव्द्धता व्यक्त गर्नुभयो ।
विशेष अतिथिका रुपमा सहभागी हुनुभएकी बाग्मती प्रदेश सभा सांसद मसिना खड्काले प्रदेशका तर्वाट बाह्रविसेका जनताको स्वास्थ्य उपचार सेवाको स्तर बृद्धिकालागि प्रदेश सरकारका तर्फवाट पनि पूर्ण साथ रहने जिकीर गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाह्रविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले सो स्वास्थ्य सेवा केन्द्रको उपचार सेवा विस्तार र स्तरोन्नतिका लागि नगरपालिकाको तर्फवाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बाह्रविसे प्राथमिक स्वास्थ्य सेवा केन्द्र संचालक समितिका अध्यक्ष समेत रहनुभएका बाह्रविसे नगरपालिका वडा नं ९ का अध्यक्ष कृष्ण बहादुर रायमाझीले अस्पतालमा थप दक्ष प्राविधिक तथा उपकरणहरुको आवश्यकता रहेको र राज्यले त्यस भेगका जनताको स्वास्थ्यको आधारशिलाका रुपमा रहेको सो सेवा केन्द्रको स्तरउन्नतिकालागि ध्यानाकर्षण गराउनुभयो ।
हरिमाया बाह्रबिसे फाउण्डेशनका अध्यक्ष नरेश लाल श्रेष्ठले आमाको सम्झनामा स्थापना गरिएको फाउण्डेसनले स्थानीय र वरपरका जनमानसको सेवाका लागि आयोजित स्वास्थ्य शिविरमा साथ दिएकोमा ॐ हस्पिटल परिवार र अस्पतालका अध्यक्ष डा। आननन्द प्रसाद श्रेष्ठलाई विशेष धन्यवाद दिनुभयो ।
ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बाहदुर महतले आफ्नो स्थापना कालदेखी नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा स्वास्थ्य शिविर संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै जाने योजना रहेको बताउनुभयो ।
ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा। हरिश जोशीले यस किसिमका स्वास्थ्य परिक्षण शिविरहरुले स्थानीय आम जनसमुदायलाई विशेषज्ञ सहितको स्वास्थ्य सेवामा पहुँच बढाउने मात्र नभएर समाजमा स्वास्थ्य चेतना बढाउने र स्थानीय स्वास्थ्य सेवाको स्तरोन्नतिकालागि समेत अभिप्रेरित गर्ने जिकीर गर्नुभयो ।
शिविरमा चर्म तथा यौन रोगमा १०१ जना, मनोरोगमा ५० जना , इ।सि।जी।मा ३९ जना, हाडजोर्नीमा२५० जना, दन्त चिकित्सा सेवामा १६० जना, सामान्य चिकित्सा, कलेजो तथा पेटरोग, छाती तथा फोक्सोर नाक कान घाँटी तथा मुटुरोगमा १०० जना,अल्ट्रासाउण्डमा १६० जना, एक्स रे सेवामा १६० जना स्त्री तथा प्रसुतीमा १८६ जना र स्त्री क्यान्सर परिक्षणमा ५० जना, बालरोग तथा शल्यक्रिया सम्बन्धी २९ जना सहित विभिन्न विधामा एक हजार भन्दा बढी विरामीले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञ सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जहाँ तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ॐ हस्पिटल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्