Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु (फोटोफिचर)


काठमाडौं, बैशाख २५ : सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ ।

संवैधानिक परिषद्को बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सञ्चार विज्ञ मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

फोटो : प्रदीपराज वन्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

फोटो : प्रदीपराज वन्त
फोटो : प्रदीपराज वन्त

फोटो : प्रदीपराज वन्त


क्याटेगोरी : फोटो फिचर, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले, #नेपाल सरकार, #पुष्पकमल दाहाल प्रचण्ड, #संबैधानिक परिषद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545