Techie IT
बुधबार, माघ २३,२०८१

खाँदबारीमा पाँचदिने राजयोग प्रशिक्षण सुरु (फोटोफिचर)

ब्रम्हाकुमार बरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले प्रशिक्षण दिने ।


खाँदबारी – ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको आयोजनामा आईतबारबाट ५ दिने राजयोग प्रशिक्षण सुरु भएको छ । खाँदबारीको टुडिँखेलमा सुरु भएको प्रशिक्षणको उद्घाटन खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नुभयो । राजयोगमा प्रशिक्षण ब्रम्हाकुमार बरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले दैनिक २ पटक दिनुहुनेछ ।

तस्बिर : सुजन बज्राचार्य

मानव समाजमा फैलिएको मानसिक, अशान्ति, आर्थिक, सामाजिक, शारिरिक अव्यवस्थापनको कमजोरीका कारण आएका विभिन्न बिकृति र समस्यालाई निराकरण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको ब्रम्हाकुमारी रोचना आचार्यले बताउनुभयो ।

मूल्यनिष्ठ समाज स्थापनाकोे कार्यमा सघाउ पुर्याउन, संस्कारी एबंम सचेत नागरिक बन्ने प्रेरणा प्रदान गर्न, समाजका सबै किसिमका बिकिृति न्यूनीकरण गर्न, खुसियाली जीवन, सकारात्मक सोच तथा तनाब मुक्त जीवन जिउने कला सिकाउन, जीवनको वास्तविक उदेश्य तथा रहस्यबारे जानकार बनाउने उदेश्य रहेको आयोजक समितिका संयोजक सरोजकुमार बज्राचार्यले बताउनुभयो ।

तस्बिर : सुजन बज्राचार्य

परमात्मा शक्ति एमब बरदान प्राप्ती, जीवन कर्मको रहस्य, शान्ति एबम सुखको अनुभूति, सम्बन्धमा सुमधुरता, तनाब एबम क्रोधमुक्त जीवनमा राजयोग प्रशिक्षणले फाईदा दिने छ । समापनको दिन बैशाख २९ गते कोशी प्रदेशका १ सय ८ जना ब्रम्हाकुमारीलाई सम्मान गरिने छ । प्रशिक्षण कार्यक्रम दैनिक १२ देखि २ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन भइरहेको छ । कार्यक्रम आयोजक समारोहका संयोजक एबम नेपाल रेडक्रस सोसाईटीका सभापति सरोज बन्राचार्यको अध्यक्षमा भएको थियो ।

तस्बिर : सुजन बज्राचार्य
तस्बिर : सुजन बज्राचार्य
तस्बिर : सुजन बज्राचार्य
तस्बिर : सुजन बज्राचार्य
तस्बिर : सुजन बज्राचार्य

क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #खादबारी, #खाँदबारी नगरपालिका, #ब्रम्हाकुमारी राजयोग केन्द्र, #योग, #राजु घले, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545