एकैदिन १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १० जनाको आईसीयुमा उपचार हुँदै

चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ५६६ जनाको स्वाब परीक्षण गर्दा १२४ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र एक हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ५५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा २९ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४४ जना छ । सक्रिय सङ्क्रमितमध्ये २१ जना आइसोलेसन, १० जना आईसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार ८७७ जना पुगेको छ भने ९ लाख ८९ हजार ४१३ जनाले संक्रमण जितेर निको भएका छन् ।
कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना सङ्क्रमण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्