टीकापुरका डिएसपी उद्वव सिंहको दुई महिना : लागूऔषध कारोबारी तहसनहस, तस्करीका धन्दा ध्वस्त

टीकापुर । शान्तिसुरक्षाको दृष्टिकोणले अत्ति नै संवेदनशील मानिन्छ टीकापुर । भारतको खुला सिमानाको फाइदा उठाउँदै अपराधीहरुले यस क्षेत्रलाई अपराधीक गतिविधि गर्ने थलो बनाएसंगै टीकापुर चुनौतीपूर्ण नै मानिन्छ । लागूऔषध र भन्सार छली तस्करीको मुख्य अखडाका रूपमा चिनिदै आएको यहाँ प्रहरी प्रमुख भई धेरैले आफ्नु नेतृत्व सम्हाले ।
२ महिनाअघि मात्रै ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी प्रमुख (डिएसपी) उद्वव सिंह भाटले यहाँको जिम्मेवारी सम्हालेको छोटो समयमै स्थानीयको मन जित्न सफल भएका छन् । टीकापुरको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आइपुगेका भाटले यहाँको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न मात्रै सफल भएनन् कि लागूऔषधको अखाडाका रूपमा रहेको यस क्षेत्रलाई आफ्नु काबुमा समेत राख्न सफल भए । छोटो अवधीमै लागूऔषधका गिरोहलाई तहसनहस पार्न सफल भएका उनलेे ठगी, फरार प्रतिवादी पक्राउ, जुवा सम्बन्धि कसुर तथा भन्सार छलीका सामान नियन्त्रणमा लिन उनी र उनको टिम नै सफल रह्यो ।
विभिन्न निकायहरूबाट प्राप्त सूचनाको अध्ययन र विश्लेषण गर्दै भाटले यहाँको विभिन्न युनिटमा प्रहरीलाई परिचालन गरेर अवैध धन्दालाइ नियन्त्रणमा लिन समेत आफैं क्रियाशिल रहे । लागूऔषध बरामद तथा नियन्त्रणमा अगाडि रहेको उनी अन्य अपराधीक घट्नामा समेत त्यत्तिकै अगाडी देखिएका छन् ।
१. फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनको सिलसीलामा टीकापुर प्रहरीले फरार प्रतिवादी छ जना र अन्य फरार तीन जना गरी नौ जना प्रतिवादीलाई पक्राउ गरेको छ । टीकापुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक उद्वव सिंह भाटका अनुसार कैलाली टीकापुर नगरपालिका वडा नंम्बर २ राजीपुर बस्ने सितले आउजीको छोरा बर्ष ३२ को छोटु आउजीलाई वन मुद्धामा कैलाली जिल्ला अदालतको मिति २०७२ चैत ०८ गतेको लागत नं.१३३० फैसला अनुसार उन्साठी हजार एक सय छत्तिस रुपैयाँँ जरीवाना तोकि फरार रहेका उनलाई पक्राउ गरी सम्बन्धित कार्यालयमा बुझाईएको हो ।
त्यस्तै, कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ स्थितबाट वन मुद्दामा नै कैलाली जिल्ला अदालतको मिति २०७६ मंसिर ०९ गतेको फैसला अनुसार एघार हजार छ सय असी रुपैयाँ जरिवाना तोकिएका निराजन घर्तिमगर, २०७९ फागुन १४ गते वन मुद्दामा कैलाली जिल्ला अदालतको २०७० चैत ०९ गतेको फैसला अनुसार अठार हजार एक सय तीस रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादी रमेश तिरुवा, प्रहरी बृत कालीमाटी काठमाण्डौँमा दर्ता भएको ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी बिशाल आचार्य, कैलाली साविक जानकीनगर गा.वि.स. वडा नंम्बर ८ हाल सोही ठाउँको जानकी गाउँपालिका वडा नंम्बर २ खर्गौलीस्थित बस्ने संन्तलाल चौधरीलाई कुटपिट मुद्दामा पक्राउ गरी सम्बन्धि कार्यालयमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।
त्यस्तै, टीकापुर प्रहरीले नै ज्यान मार्ने उद्योग सम्बन्धि कसुर मुद्दामा फरार भएका प्रतिवादी कैलाली जानकी गाउँपालिका वडा नंम्बर ९ पुर्वी खैरीफाँटा बस्ने छबिलाल माझीको छोरा बर्ष २७ को रमेश माझीलाई समेत पक्राउ गरेको छ ।
उता, जबर्जस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ५ बसन्ता बस्ने (हाल सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीमा स.प्र.ज. पदमा कार्यरत) बर्ष २४ को कमल बहादुर थारु, भुरे कामीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रमेश माझी समेत भएको ज्यान मार्ने उद्योग सम्बन्धि कसुर मुद्दामा कैलाली जानकी वडा नंम्बर ९ बकलवा शिविर स्थितमा जाहेरवालाको छोरा बर्ष २१ को आकाश बि.क समेतलाई ज्यान मार्ने उद्देश्यले धारीलो हतियार प्रहार गरी घाईते बनाइ वारदात स्थानबाटै भागी फरार भएका प्रतिवादी कैलाली जानकी गाउँपालिका वडा नंम्बर ९ पुर्वी खैरीफाँटा बस्ने छबिलाल माझीको छोरा बर्ष २७ को रमेश माझीलाई चैत २१ गते ०८:३० बजेको समयमा निज आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, टीकापुर प्रहरीले असोज ६ गते राती कैलाली टीकापुर नगरपालीका वडा नंम्बर १ गुम्बारोड स्थित ओम वचत तथा ऋण सहकारी संस्थामा तोडफोड गरी कम्प्युटर, प्रिन्टर र नगद रकम समेत चोरी गरेको घटनामा संलग्न रहेका बालक परिवर्तित नामथर कैलाली ७१ टीकापुर ‘कलम’ लाई चोरी शिर्षकमा मुद्दा चलाई सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७९ कार्तिक २१ गतेको आदेशले बाल सुधारगृह हिरमुनिया बाँकेमा पठाएकोमा फागुन १३ गते राती बाल सुधारगृहको भेन्टिलेशन तोडफोड गरी भागी फरार रहेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दै जाने क्रममा फागुन १८ गते राती अन्दाजी १२ बजे कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ शिद्धार्थ चोकस्थितमा फेला पारी नियन्त्रणमा लिई बाल सुधारगृह हिरमुनिया बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, फागुन १२ गते दिउँसो दुई बजेको समयमा कैलाली जानकी गाउँपालिका वडा नंम्बर २ खर्गौली बस्ने बर्ष ४० को संतलाल चौधरी र फागुन १३ गते बिहान ९ बजेको समयमा कुटपिट मुद्दामा १ महिना कैद र तेह्र सय रुपैयाँ जरिवाना तोकी हालसम्म फरार रहेका कैलाली जानकी गा.पा. वडा नंम्बर २ खर्गौली स्थायी वतन भई हाल टीकापुर नगरपालिका वडा नंम्बर १ बाढिपीडित शिविर बस्ने बर्ष ३५ को डोडालु भन्ने मंगल चौधरी लाई आफ्नै घर ठेगानामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।त्यस्तै, कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ बाढिपीडित शिविर बस्ने बर्ष ३५ को डोडालु भन्ने मंगल चौधरीलाई कुटपिट मुद्दा, सोही ठाउँको एकतापुर बस्ने बर्ष २५ को धिरेन्द्र शाहीलाई वन मुद्दामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
२. लागूऔषध सहित २० जना पक्राउ
२०७८ साल माघ २५ गतेदेखि ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी प्रमुखको रूपमा नेतृत्व सम्हाल्न आइपुगेका उद्वव सिंह भाटले लागूऔषध ओसारपसारलाइ नियन्त्रणमा लिन विशेष अप्रेसन नै चलाए । लागूऔषध नियन्त्रणमा निक्कै आक्रमक देखिएका उनलेे २ महिनामै २० जनालाई पक्राउ गर्न सफल भएका हुन् । जसमा १६ जनालाई मुद्दा चलाइएको छ भने अन्य चार जनालाई मुद्दा चलाउन बाँकी नै छ । लागूऔषध ब्राउनसुगर ४७ ग्राम ४३० मिलिग्रामसहित उनीहरुमाथि आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
त्यस्तै, माघ २५ गते साँझ अन्दाजी साँढे पाँच बजेको समयमा टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं.१४ स्थित सडक खण्डमा सोही ठाउँको ब्लक नंम्बर २४ बस्ने बर्ष १९ को प्रमोद बराल र वडा नंम्बर ९ खक्रौला बस्ने बर्ष ३३ को लिलेन्द्र कुमार थापालाई कालो प्लाष्टिकको पोका थान ४ (चार) कुल तौल ३४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) को कारोवार गरीरहेको अवस्थामा फेला पारी प्रमोद बरालको साथबाट ३४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र नगद तेह्र हजार आठ सय पचास रुपैयाँ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, माघ २६ गते दिउसो साँढे चार बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ सशस्त्र प्रहरी गण नजिक सडक खण्डमा जानकी गाउँपालिका वडा नंम्बर ४ कञ्चनपुर बस्ने बर्ष १९ को सागर काफ्लेले चलाएको प्रदेश ३-०२-००६ प ६४१२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकल पछाडी सवार लम्कि चुहा नगरपालिका वडा नंम्बर १ पुर्व लम्कि बस्ने बर्ष १९ को लोकेश शाहीको साथबाट कुल तौल १ ग्राम ६३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, माघ २७ गते दिउँसो साँढे चार बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नं.१ ज्योतिनगरस्थित सडक खण्डमा बर्ष ३९ को खेम बहादुर बुढालाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा पाईन्टको खल्तिमा पर्सभित्र लुकाई छिपाई राखेको १ ग्राम ०१ मिलिग्राम लागूऔषध (खैरो हेरोईन) त्यस्तै, माघ २८ गते दिउँसो अन्दाजी २ बजेको समयमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटीएको प्रहरी गस्ती टोलीले कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ ब्लक नंम्बर १२ स्थित सडक खण्डमा ब्लक नंम्बर १४ बस्ने बर्ष २५ को डायमण्ड बिक्रम शाहले लगाएको पाईन्टको खल्तीमा लुकाई छिपाई गरी राखेको कालो प्लाष्टिकको पोका थान १ (एक) कुल तौल १०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र फागुन पाँच गते दिउँसो चार बजे कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ५ दौलतपुरघाट स्थितमा सोही ठाउँको मनिकापुर बस्ने बर्ष २८ को रामचन्द्र चौधरीको साथबाट प्लाष्टिकको पोका थान २ (दुई) कुल तौल ३३ ग्राम ३०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), फागुन २० गते दिउँसोको अन्दाजी साँढे दुई बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ७ सोनाफाँटास्थित भारत जिल्ला लखिमपुर खिरी तिकुनिया बस्ने बर्ष २० को सतिष रानालाई कुल तौल ४ ग्राम ८८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, माघ २९ गते साँझ अन्दाजी ८ बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नं.१ बनगाउँस्थित सडक खण्डमा बर्ष २५ को यम बहादुर घर्तीमगरलाई फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकको पोका थान ५ (पाँच) कुल तौल ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला र फागुन १ गते दिउँसो १२ बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ स्थित सडक खण्डमा जानकी गाउँपालिका वडा नंम्बर ६ जगतपुर बस्ने बर्ष २४ को नुतन कडायतको साथबाट प्लाष्टिकको पोका थान २ (दुई) कुल तौल १०० मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारी बरामद गरी यम बहादुर घर्तिमगर र नुतन कडायतलाई पक्राउ गरेको छ ।
त्यस्तै, फागुन ८ गते साँझ अन्दाजी साँढे पाँच बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ एकतापुर बस्ने बर्ष २२ को जीवन चौधरीले लागूऔषध (खैरो हेरोईन) को कारोवार गरीरहेको छ भन्ने सुचनाको आधारमा जीवन चौधरीलाई कुल तौल १२० मिलिग्राम लागु औषध (खैरो हेरोईन), फागुन ११ गते साँझ अन्दाजी ६ बजेको समयमा बर्ष १८ को बिशाल भारती र २९ को हर्क परीयारलाई ६० मिलिग्राम लागू औषध (खैरो हेरोईन) फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, फागुन ३० गते साँझ अन्दाजी साँढे ६ बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ आँखा अस्पतालस्थित सडक खण्डमा ब्लक नंम्बर १८ बस्ने बर्ष २२ को बिक्रम चौधरीले चलाएको बा ५४ प ४४८१ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा स्कुटर पछाडी सवार राजिपुर बस्ने बर्ष २४ को आबिनाश चौधरीले ज्याकेटको दाहिने तर्फको खल्तीमा लुकाईछिपाई राखेको कालो प्लाष्टिकको पोका थान ३ (तिन) (प्लाष्टिक सहितको तौल २०० मिलिग्राम) प्लाष्टिक बाहेकको कुल तौल १६० मिलिग्राम लागु औषध (खैरो हेरोईन) र फागुन २० गते दिउँसोको अन्दाजी १ बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ३ बजिर चौराहस्थित सडक खण्डमा सु.प.प्र.०१-०११ प ११२६ नम्बरको मोटरसाईकल चलाई टीकापुरबाट गोलौरी तर्फ जादै गरेका कैलाली जानकी गाँउपालिका वडा नंम्बर ७ गोलौरी बस्ने बर्ष १९ को राजबिन महतोलाई रोकी चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको खल्तिमा लुकाई छिपाई गरि राखेको पोका थान ५ (पाँच) प्लाष्टिक बाहेकको कुल तौल ३१० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) फेला पारी रितपुर्वक बरामद गरी कारबाही प्रक्रियालाई अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चैत २२ गते दिउँसोको तीन बजे कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ७ स्थित सडकखण्डमा भारत उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी, तिकुनिया थाना सैनखेरा अमिरखापुरुवा बस्ने बर्ष २६ को सहबान खाँको साथबाट कुल तौल २ ग्राम ५०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारी थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिए ।
३. ठगीमा संलग्न ८ जना पक्राउ
त्यस्तै, टीकापुर प्रहरीले यो दुई महिनाको बीचमा ठगी सम्बन्धि कसुरमा ८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरी नायब उपरीक्षक भाटका अनुसार ग्लोबल ओरियन्स नेपाल प्रा.लिको नाममा ठगी गर्ने दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नंम्बर ४ तिलुखाना बस्ने बर्ष २० को डेकेन्द्र बहादुर बि.क सहित थप ७ जना प्रतिवादीहरुलाई टीकापुर प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
उनीहरूको समूहले ग्लोबल ओरियन्स नेपाल प्रा.लिको शाखा कार्यालय टीकापुर कैलालीको कर्मचारीहरु हौं, यस कम्पनीमा नोकरी लगाईदिन्छौ, आकर्षक लाभांश दिलाईदिन्छौ भनी फेसबुकबाट चिनजान गरी टीकापुर बोलाई विभिन्न मितिमा प्रति व्यक्ति चालीस हजार रुपैयाको दरले एक लाख बिस हजार रुपैयाँसम्म नगद रकम संकलन गरी ठगी गरेको र ठगी सम्बन्धी कसुरको जाहेरी दरखास्तको आधारमा मुद्दा दर्ता भई अनुसन्धान भईरहेको जनाएको छ ।
४. सवारी ज्यान कसुरमा संलग्न तीन पक्राउ
सवारी ज्यान सम्बन्धि कसुरमा संलग्न ३ जनालाई टीकापुर प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको छ । गत, फागुन २९ गते बिहान पौने ९ बजेको समयमा कैलालीको टीकापुर नगरपालिका वडा नंम्बर ब्लक नंम्बर ७ स्थित अलियास अन्सारीको घर अगाडी सोही ठाउँको वडा नंम्बर १ एकतापुर शिविर बस्ने बर्ष ३९ को पर्शुराम चौधरीले चलाएको सु.प.प्र. ०१- ००२ त ६४८४ नम्बरको ट्याक्टरले २ बर्षको बालक हारिश अन्सारीलाई ठक्कर दिई उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको घटनामा चालक प्रसुराम चौधरीलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी कानुन बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ ।
५. खोटा मुद्रा सम्बन्धी कसुरमा एक पक्राउ
त्यस्तै, टीकापुर प्रहरीले खोटा मुद्रा सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । फागुन ६ गते बिहान साँढे ६ बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ शिव मन्दिर बाहिर सडक किनारमा रहेको ठेला पसलमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरी रहेको अवस्थामा सोही ठाउँको वडा नंम्बर २ बिजयनगर शिविर बस्ने बर्ष २३ को तपेन्द्र बहादुर शाहीलाई एक हजारको नक्कली नोट (खोटा मुद्रा) थान १७ (सत्र) फेला पारी मुद्रा सम्बन्धि कसुरमा मुद्दा चलाई हाल पुर्पक्षको लागि कारागारको थुनामा रहेको प्रहरीले जनाएको छ ।
६. अबैध घरेलु मदिरा बरामद
शान्तिसुरक्षा नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको टीकापुर प्रहरीले अबैध घरेलु मदिरा बरामदलाई समेत तीब्र पारेको छ । डिएसपी उद्वव सिंह भाटले जिम्मेवारी सम्हालेसंगै सञ्चालनमा ल्याइएको स्वीप अप्रेशनमा टीकापुर नगरपालिकाको बिभिन्न स्थानहरुबाट अबैध घरेलु मदिरा दुई सय पचास लिटर र अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ तीन सय लिटर फेला पारी बरामद गरी स्थानिय जनप्रतिनिधी, उद्योग बाणिज्य संघ टीकापुर, होटल व्यावसायी संघ कैलालीका प्रतिनिधी, बुद्धीजिबी, समाजसेवी र पत्रकार समेतको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाईएको छ ।
७. भन्सार छलीका सामान बरामद
खुल्ला सिमा नाकाको फाइदा उठाउदै तस्करहरुले तस्करी गर्दै आएका सामान टीकापुर प्रहरीले बरामद गरेको छ । फागुन ०१ गते दिउँसो १:५० बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार नजिक प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको गस्ती टोलीले सडक किनारमा सु.प.प्र.०१०१० प ८१७ नंम्बरको मोटरसाइकलमा पछाडी बाँधी राखेको बोरामा ३ पिस रिङ पिस्टोन र ट्याक्टरका पाटपुर्जा गरी बैसठ्ठी हजार बराबरको बेवारीसे अवस्थामा फेला, फागुन ६ गते बिहान साँढे दस बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका ७ बैदस्थित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीकै टोलिले कैलाली जानकी गाउँपालिका ३ लाईकपुर बस्ने बर्ष ५१ को दुर्गा प्रसाद न्यौपाने र सोही ठाउँ बस्ने बर्ष ४१ को सर्जन थापालाई भारतबाट अवैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा ३ हल गोरु छत्तिस हजार सहित मानिस नियन्त्रणमा ल्याई आवश्यक कार्बाहीको लागी सत्ती भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, फागुन १८ गते बिहान पौने ७ बजे कैलाली टीकापुर नगरपालिका वडा नंम्बर१ खुल्ला मञ्चस्थित सडकखण्ड अन्तर्गत कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ शक्तिनगर बस्ने बर्ष ४१ की दुरपती चौधरीले साईकलको पछाडी क्यारिङमा बाँधी ल्याईएको अवस्थामा अन्दाजी दश हजार पैत्तिस बराबरको किराना माल सामान आवश्यक कार्बाहीको लागी सत्ती भन्सार कार्यालयमा बुझाएको छ ।
त्यस्तै, फागुन २९ गते बिहान साँढे एक बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ८ स्थित सडक खण्डमा प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले कालिमाटी बस्ने बर्ष ४० को शंकर साउँदले गोरु गाडामा अवैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउँदै गरेको भाडा बर्तन, ईलेक्ट्रोनिक आईरन र धातुको मेडलहरु समेत गरी दुई लाख उनासी हजार तीन सय पचास बराबरको मालसामान फेला पारी रितपुर्वक बरामद गरी निज शंकर साउँद र चैत ६ गते साँझ ७ बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ९ स्थित सडक खण्डमा प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट नै खटिएको प्रहरी टोलीले सडक किनारमा बेवारिसे अवस्थामा ३ कुण्डल ५० के.जी चिनी अन्दाजी अठाईस हजार बराबरको मालसामान फेलापारी रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि सत्ती भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । सबैको अन्दाजी मूल्य चार लाख ३५ हजार ३८५ रहेको छ ।
९. चोरीको मोटरसाईकल बेवारिसे अवस्थामा फेला
फागुन ११ गते राती दस बजे कैलाली टीकापुर नगरपालिका वडा नंम्बर १ ब्लक नंम्बर १८ बस्ने झलकराज उपाध्यायको घर आँगनमा पार्किङ्ग गरी राखेको च्यासिस नंम्बर ME4JC472 HA8061124, ईन्जिन नंम्बर JCU7E0095784 भएको से २ प ३२१६ नम्बरको कालो रङ्गको HONDA कम्पनीको मोटरसाईकल अपरिचित ब्यक्तिले चोरी गरी लगेको भनी खोजतलास गर्ने क्रममा फागुन १५ गते राती ११ बजेको समयमा कैलाली टीकापुर नगरापालिका वडा नंम्बर १ मुक्त कमैया शिविर स्थितमा उक्त से २ प ३२१६ नम्बरको मोटरसाईकल फेला पारी सम्बन्धित सवारी धनी झलकराज उपाध्यायको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
१०. चोरीको मोटरसाईकलसहित दुई जना पक्राउ
टीकापुर प्रहरीले चोरी भएको मोटरसाईकलसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत, फागुन १३ गते राती १० बजेको समयमा कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ३ घिया बस्ने लहानु डगौरा थारुको घर आँगनमा पार्किङ्ग गरी राखेको च्यासिस नं. MBLHA10ADB9E08515, ईन्जिन नंम्बर HA10EHB9E09905 भएको से २ प ४८९३ नम्बरको स्पिलिण्डर मोटरसाईकल चोरी गर्ने कार्यमा संलग्न कैलाली टीकापुर नगरपालिका वडा नंम्बर ६ भर्तापुर स्थित सडक खण्डबाट सोही ठाउँमा बस्ने १६ बर्षीय (नाबालक) कैलाली ७१ टीकापुर ‘ठ’ ले चलाई सोही ठाउँ वडा नंम्बर ३ बस्ने १५ बर्षीय (नाबालक) कैलाली ७१ टीकापुर ‘ड’ पछाडी सवार भई आउँदै गरेको अवस्थामा फेला पारी उक्त मोटरसाईकल बरामद गरी निज कैलाली ७१ टीकापुर ‘ठ’ र कैलाली ७१ टीकापुर ‘ड’ लाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
११. जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
जुवातास खेल खेल्नेविरुद्ध समेत टीकापुर प्रहरी पछिल्लो समय निक्कै आक्रमक देखिएका छन् । प्रहरी नायब उपरीक्षक भाटका अनुसार पछिल्लो दुई महिनाको अवधिमा मात्रै पैसा हारजीत हुने गरी जुवा खेल खेल्ने पाँच जना जुवाडे पक्राउ परिसकेका छन् । फागुन १९ गते बिहानको साँढे ११ बजेको समयमा कैलाली जानकी गाउँपालिका वडा नंम्बर ३ भगतपुरस्थित बिरेन्द्र खनालको दुई तले पक्की घरको छतमा जुवातास खेलिरहेका कैलाली जानकी गाउँपालिका वडा नंम्बर १ दुर्गौली बस्ने बर्ष ४९ को चन्द्रभान बम, वडा नंम्बर ३ बस्ने बर्ष ४६ को जगत साउँद, बर्ष ३७ को दिपक बि.क र बर्ष ३६ को शंकरनाथ र बर्ष ४६ को बिरेन्द्र खनाल रहेका छन् । उनीहरूको साथबाट प्रहरीले चौबीस हजार तीन सय पैत्तिस र भारतीय दुई हजार छ सय तीस समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
टीकापुर प्रहरीको अनुसन्धानलाई आधुनिक प्रविधि सँग जोड्दै अनुसन्धान प्रतिको सकारात्मक दृष्टिकोण, संस्थागत पारदर्शीता राख्न र अनुसन्धान लाई प्रभावकारी बनाउने उद्देश्यले बजार परिसरमा डिएसपी भाटले विशेष प्रहरीलाई परिचालन गर्दै अपराध र अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिन सक्रिय देखिन्छन् ।
ग्लोबल ओरियन्स नेपाल प्रा.लिको शाखा कार्यालय टीकापुर कैलालीको कर्मचारीहरु हौं, यस कम्पनीमा नोकरी लगाईदिन्छौ, आकर्षक लाभांश दिलाईदिन्छौ भनी फेसबुकबाट चिनजान गरी टीकापुर बोलाई विभिन्न मितिमा प्रति व्यक्ति चालीस हजार रुपैयाँको दरले एक लाख बिस हजार रुपैयाँसम्म नगद रकम संकलन गरी ठगी गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गर्न सफल भएको यो तथ्यले नै स्पष्ट पार्दछ ।
डिएसपी भाटले शान्तिसुरक्षाको विषयमा निकै चलाखीपूर्ण तरिकाले अध्ययन गरेका कारणले पनि अहिलेसम्म टीकापुर शान्त छ । उनको कमान्डमा अहिले टीकापुर प्रहरी आम नागरिकको सुरक्षामा प्रत्यक्ष रूपमा खटिएका छन्, कम जनशक्तिको बाबजुद पनि भाटले परिचालन गरेका प्रहरीहरु यतिबेला ओहोरात्र खटिएका छन् । उनको यो मिहेनत र लगावले गर्दा नै टीकापुरबासीले सुरक्षाको चैंयन गर्न पाएका छन् । यसरी अपराधिक क्रियाकलापमा संलग्न अपराधीहरु पक्राउ पर्दा पीडितले पनि समयमै न्याय पाउने गरेका छ्न् ।
अपराध निर्मुल पारी सभ्य समाजको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सदैव अग्रसर रहने भाटले आफुलाइ संगठन प्रमुखले जुन उद्देश्यले यहाँ खटाइएको हो, त्यसको कुनै पनि हालतमा बिचलित नभइ सदैव सेवामा सम्पर्ति रहने बताए । कुनै पनि घटना समाजमा घट्छ भने त्यसको अपराधी देख्ने पहिलो साक्षी समाज नै हुन्छ, (डिएसपी) भाटले भने, त्यसकारण जब अपराधिक क्रियाकलापका विरुद्ध नागरिक बोल्छ तब मात्रै हामीले चाहेको समाजको परिकल्पना गर्न सक्छौं र अपराधलाई जरैबाट उखेल्न सक्छौं । उनी भन्छन्: म सङ्गठनको विश्वास कायम राख्दै काम गर्ने गर्छु, यहाँ विभिन्न जात, समुदाय र वर्गका मानिसको बसोबास भएको जिल्ला हो ।
सबैको आवाज सुनुवाइ गर्न सक्ने वातावरण बनाउँदै लगेको छु ।’ प्रहरीले गर्ने शान्तिसुरक्षा र अपराध नियन्त्रण नै हो । गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसा आदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनीहरूको लागी प्रमुख चुनौती हुने छ । यसमा आम नागरिकको सहयोग र सूचना चाहिने गर्छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्