Techie IT
शनिबार, वैशाख ६,२०८२

छेपारो प्रवृत्तिका प्रचण्डको अवसरवाद र पातकी काइदा धेरै दिन टिक्दैन : सूर्य थापा


फागुन । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छेपारोको संज्ञा दिदै उनको अवसरवाद, नाङ्गो धोका, बेइमानी र महाठगी एवम् पातकी काइदा धेरै दिन नटिक्ने बताएका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘कीर्तिमानी छेपारो महोदय’ शीर्षक दिएर लामो धारणा लेख्दै प्रचण्डप्रति आक्रोश पोखेका हुन् ।

उनले राष्ट्रपति निर्वाचनको संघारमा एमालेलाई धोका दिएर गठबन्धन टुटाएको भन्दै प्रचण्डलाई नियुक्तिको बेला साथ दिएका अधिकांश दलहरूले छोड्दा पनि पदमा टाँसिएर बसेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नियुृक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ?’

प्रधानमन्त्री बन्न र निरन्तर रहन १३८ जनाको साथ चाहिने भए पनि प्रधानमन्त्री प्रचण्डसँग अहिले ७९ जना मात्रै रहेकाले पदबाट राजीनामा दिनुपर्ने धारणा थापाको छ । ‘प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्छ । अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नाङ्गो धोका, बेइमानी र महाठगी एवम् पातकी काइदा हो,’ उनले अगाडि भनेका छन्, ‘कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजीनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि ? हुन त दूधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र !’


क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545