यो गठबन्धन दीगो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन : पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौं, १३ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले यो गठबन्धन पनि दीगो हुनेमा शंका व्यक्त गरेका छन् ।
बङ्गलादेशको तीनदिने भ्रमण सकेर फर्किने क्रममा आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग नेता खनालले निर्वाचन भएको तीन महिनामा तीनवटा गठबन्धन बनेको भन्दै यो गठबन्धनको आयु पनि दीगो नहुने टिप्पणी गरेका हुन् ।
उनले भने, ‘निर्वाचन भएको तीन महिनामा तीनवटा मात्रै गठबन्धन देखा परेका छन् । यो गठबन्धनको शृङ्खला आगामी पाँच वर्षमा हामीले धेरै देख्न पाउने छाँै । त्यसैले यो तेस्रो गठबन्धन मात्रै हो । त्यसैले यी गठबन्धनबाट देशले धेरै ठूलो पाउनेछ भन्नेमा मलाई विश्वास छैन ।’
उनले अहिलेको जस्तो संसदमा गठबन्धनको आयु लामो नहुने भन्दै यो गठबन्धनलाई पनि भ्यागुताको धार्नीको संज्ञा दिए । उनले भने, ‘त्रिशंकू संसदमा कुनै पनि गठबन्धनको आयु लामो हुँदैन । त्यसैले सामान्यत त्रिशंकू संसदका गठबन्धन भ्यागुताको धार्नी मात्रै हुन् त्यसैले दीगो हुन्छ भन्ने कुनै पनि ग्यारेन्टी छैन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झलनाथ खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्