Techie IT
शुक्रबार, चैत्र २८,२०८१

खांदबारी-नुम सडककाे ठेकेदारलाई कारवाहि गरियाेस : सांसद खड्का


संखुवासभा । सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिपक खड्काले खाँदबारी नुम सडक कालाेपत्रे गर्ने ठेक्काकाे ठेकेदारलाई कारवाहि गर्न माग गरेका छन् । शुक्रबारकाे प्रतिनिधी सभा बैठककाे शुन्य समयमा बाेल्दै सांसद खड्काले ठेकेदारले काम नगरेकाे भन्दै कार्वाहि गर्न माग राखेकाे हाे ।

त्रिदेशीय नाका जाेड्ने उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गतकाे खाँदबारीदेखि नुमसम्मकाे ४६ किलाेमिटर सडक कालाेपत्रे गर्नकाे लागि ठेक्का लिएकाे ठेकेदारले २ बर्ष पुग्न लाग्दा पनि १५ प्रतिशत  समेत काम नभएकाेले उक्त ठेकेदारलाई कारवाहि गरि अर्काे ठेक्का लगाउन समेत माग गर्नुभयाे ।

उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्म कालाेपत्रे गर्नकाे लागि शर्मा शिवशक्ति जेभि हेटाैडा ४ मकवानपुरले ठेक्का पारेकाे थियाे । १ अर्ब २७ कराेड रुपैयाँमा २०७८ असार १७ गते सम्झाैता गरिएकाे थियाे ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिपक खड्का, #नेपाली कांग्रेस, #प्रतिनिधि सभा, #प्रतिनिधिसभा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545