Techie IT
शनिबार, वैशाख ६,२०८२

अनेरास्ववियु नयाँ कमिटीको शपथ ग्रहण हुँदै, पहिलो बैठक आज बस्ने


काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीको शपथ आज हुने भएको छ ।

शपथ आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा हुने भएको हो ।

नयाँ कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले  पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

यस्तै शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ।

महाधिवेशनबाट अध्यक्षमा समिक बडाल,  उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा विष्ट निर्वाचित हुनुभएको छ ।

यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा। सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनीता काफ्ले निर्वाचित हुनुभएको छ ।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुनुभएको छ ।

फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनेरास्ववियु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545