गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकमा रहेका गुठी जग्ग संरक्षण गरी प्राप्त हुने देवस्वको सही उपयोगका लागि पहल सुरु गरेको छ ।
गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्वयुक्त क्षेत्र भएकाले मन्त्रालयले उपयोगको प्रभावकारिता बढाउन जग्गाको संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल आरम्भ गरेको हो ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले गुठी जग्गा उपयोग गरी देवस्व बुझाउँदै आएका व्यक्तिलाई अपनत्वबोध गराई जग्गा व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले छलफल सुरु गरिएको जानकारी दिनुभयो । मन्त्रालयले पछिल्लो समय जनकपुर, धादिङ र पाल्पाको अमरनारायण गुठीका सरोकारवाला र गुठी संस्थानका पदाधिकारीसँग छलफल गरिसकेको छ ।
मन्त्रालयले गुठीको ऐतिहासिक पक्ष यसका मूल्य, मान्यता, कानुनी व्यवस्था र जनसरोकारको विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरेर उपयुक्त समाधान निकाल्न शीघ्र गृहकार्य गर्न गुठी संस्थानलाई निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलका आधारमा गुठी संस्थानले केही दिनभित्रै प्रतिवेदन पेस गर्नेे सचिव रेग्मीले बताउनुभयो ।
तानसेन पाल्पाको अमरनारायण गुठीको जग्गाको ऐतिहासिक महत्व र यसमा जनताको सहभागिता विषयमा पाल्पाबाट प्रतिनिधित्व गर्नुहुने सांसद नारायण आचार्य र पूर्वसांसद कुलप्रसाद नेपाललगायतले संसद्को प्राकृतिक स्रोत समितिले दिएको सुझाव कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । गुठी संस्थानका प्रशासक किरण शाक्यले नयाँ गुठी ऐनको अभावमा यस्ता विषयहरू सम्बोधन गर्न अप्ठ्यारो परेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #गुठी जग्ग, #भूमि व्यवस्था, #सहकारी तथा गरिबी निवारण मन्त्रालय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्