Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्री दाहाल आज जुगल जाने


सिन्धुपाल्चोक। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार जुगल गाउँपालिका आउनुहुने भएको छ । उहाँ जुगल गाउँपालिका ५ मा श्री रत्न राज्य माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्नका लागि आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आजै चीन सरकारको सहयोगमा निर्मित आवासीय सुविधा सम्पन्न विद्यालय भवनको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य माधव सापकोटाले जानकारी दिनुभयो ।चीनले भवन हस्तान्तरण गरेपछि भवनको उद्घाटन गरिने छ ।

पूर्व सभामुख अग्नि सापकोटाको पहलमा रत्न राज्य माविको अत्याधुनिक भवन बनाउन चीन सरकारले सहयोग गरेको हो । २०७६ सालमै निर्माण सम्पन्न भएको भवन कोरोना कहर को कारण हस्तान्तरण भएको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545