Techie IT
शनिबार, वैशाख ६,२०८२

सांसदहरुलाई अभिमुखीकरण तालिम आज पनि दिइँदै


काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई शुक्रबार पनि अभिमुखीकरण तालिम दिइँदैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबारबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले शुक्रबार पनि निरन्तरता पाउन लागेको हो ।

कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले सुरू भएको दुई दिने अभिमुखीकरणले शुक्रबार पनि निरन्तरता पाएको हो ।

नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545