Techie IT
बुधबार, वैशाख ३,२०८२

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार


काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

तेजावी सुन प्रतितोला एक लाख ७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:36 am6:30 pm +0545