Techie IT
शुक्रबार, वैशाख ५,२०८२

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्य समिति बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयाे ।

त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545