आजपनि बालुवाटार पुगे रवि लामिछाने, गृहमन्त्री बनाउन ढिपी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने बालुवाटार पुगेका हुन् ।
भेटमा लामिछानेले पूर्व सहमती अनुसार गृह मन्त्रालय आफ्नै भागमा परेकाले गृहमन्त्रीमा पुर्नबाहाली गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्रीमा नियुक्त नगर्ने बताएपछि उनी बालुवाटरबाट बाहिर निस्किएका छन् । बालुवाटरबाट निस्केपछि उनी नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीलाई भेट्न बालकोट जाने तयारीमा रहेको बुझिएको छ ।
सर्वोच्च अदालतले रविको नागरिकता अवैध भएको निर्णय गरेपछि उनको गृहमन्त्री पद गुमेको थियो। सर्वोच्चको आदेश अनुसार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिइसकेका छन्। नागरिकता पुनः प्राप्ती गरेसँगै उनले बारम्बार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर गृहमन्त्रीमा पुर्नबाहाली गर्न दवाव दिदै आएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्ड भने पुनः गृह मन्त्रालय रास्वपालाई दिने पक्षमा नरहेको बुझिएको छ। प्रचण्डको पछिल्लो निर्णयमा ओलीसमेत सहमत देखिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्