Techie IT
शनिबार, वैशाख ६,२०८२

‘बाँदरको साम्राज्य बढ्दा मान्छेको उठीबास लाग्यो, क्षतिको अध्ययन होस् : सांसद रिजाल


काठमाडौँ । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको भन्दै क्षतिको अध्ययन गर्ने र राहतको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् रिजालले बाँदरको बढ्दा मान्छेको उठीबास लागेको बताए ।

‘दोलखामा बाँदरको प्रकोप बढेको छ । मान्छेहरूले कमाइ खेती छोडेका छन् । त्यहीकारण बसाइँसराइ बढिरहेको छ,’ उनले अघि भने, ‘बाँदरको साम्राज्य बढ्दा खेती कमाइ गरिखाने किसानको उठिबास लागेको छ । यसबारे सरकारले एउटा अध्ययन टोली बनाओस्, क्षतिको मूल्यांकन गरेर राहतको व्यवस्था गरोस् । संविधानले व्यवस्था गरेको खाद्य अधिकार र बाली बिमाको व्यवस्था गरियोस् ।’


क्याटेगोरी : समाचार
ट्याग : #ईश्वरबहादुर रिजाल, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545