Techie IT
आईतबार, वैशाख ७,२०८२

सर्वसाधारणका लागि खुल्यो शुभम् पावरको आईपीओ


काठमाडौँ  । शुभम् पावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलागरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८८२ कित्ता आईपी‌‌ओ ओसर्वसाधारणहरुका लागी निष्काशन गरेको हो । यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरिसकेको छ र २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरीएके छ । कम्पनीले कर्मचारीहरुका लागि ११ हाजर ६१० कित्ता छुट्याइएको छ ।

यस कम्पनीमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशनअवधि फागुन ३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिनु सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : समाचार
ट्याग : #आईपीओ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545