Techie IT
आईतबार, वैशाख ७,२०८२

क्यानका सचिव प्रशान्तविक्रम मल्लले दिए राजीनामा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार पोखरामा बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा मल्लले राजीनामा दिएका हुन् ।

हालै सम्पन्न नेपाल टी–२० क्रिकेट लिग विवादमा परेपछि चौतर्फी आलोचना भइरहेको बेला मल्लले राजीनामा दिएका हुन् ।

मल्ल २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

मल्लले राजीनामा दिएपछि केन्द्रीय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।

मंगलबारनै बसेको क्यानको बैठकले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपाल क्रिकेट संघ, #प्रशान्तविक्रम मल्ल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545